कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कान्तिपुरको तेस्रो बिजेता मनोज

काठमाडौँ — कान्तिपुरको वार्षिक ग्राहक योजनाअन्तर्गत करोडपति सिजन ३ को तेस्रो साप्ताहिक बिजेता विराटनगर पुष्पलालचोकका मनोज अधिकारी बनेका छन् ।

कान्तिपुरको तेस्रो बिजेता मनोज

आइतबार गरिएको लक्की ड्रबाट रसिद नम्बर ३६८४४ का उनले उपहारस्वरूप नगद एक लाख रुपैयाँ जितेका हुन् । हरेक साता आइतबार कान्तिपुर टेलिभिजनको कल कान्तिपुर कार्यक्रममा लक्की ड्र हुने गरेको छ ।


कान्तिपुर वार्षिक ग्राहक योजनामा कान्तिपुर दैनिक र दि काठमान्डु पोस्टका वार्षिक ग्राहक सहभागी हुन्छन् । नयाँसहित पुराना ग्राहकले नवीकरण गरेर योजनामा सहभागी हुन सक्छन् ।


लक्की ड्रमार्फत एकजना ग्राहकले बम्पर उपहारमा एक करोड नगद पाउनेछन् । लक्की ड्रमार्फत मासिक १० लाख रुपैयाँ जित्न सक्नेछन् । साप्ताहिक लक्की ड्र १ लाख रुपैयाँ पाइन्छ । ग्राहक बन्नसाथ ग्राहकले हातहातै शिखर इन्स्योरेन्सबाट ५ लाखको दुर्घटना बिमासहित स्वास्थ्य बिमामा ७ सय ५० रुपैयाँ छुट पाउँछन् ।


स्क्रयाच कार्डमार्फत २ सयदेखि २ हजार ५ रुपैयाँसम्मको नगद छुट पाउनेछन् । पत्रिकाका ग्राहकले ल्यापटप, एलईडी टीभी, स्मार्ट फोन, वायरलेस हेडफोन, स्मार्ट वाचसमेत पाउनेछन् ।

प्रकाशित : वैशाख ९, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?