१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

निमालाई कान्तिपुरको १ लाख

काठमाडौँ — कान्तिपुरको वार्षिक ग्राहक योजनाअन्तर्गत ‘करोडपति सिजन–३’ को पहिलो साप्ताहिक विजेता निमा राजभण्डारीलाई १ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । बुधबार थापाथलीस्थित कान्तिपुर पब्लिकेन्सन्सको कार्यालयमा नेपाल म्यागजिनका सम्पादक बसन्त बस्नेतले राजभण्डारीलाई नगद हस्तान्तरण गरेका थिए । 

निमालाई कान्तिपुरको १ लाख

नागार्जुन नगरपालिका सीतापाइला निवासी राजभण्डारीले नगद पुरस्कार जितेकामा खुसी व्यक्त गरिन् । यो रकमको २५ प्रतिशत गोल्फुटारस्थित डिभाइन सर्भिस वृद्धाश्रमलाई प्रदान गर्ने उनले बताइन् । ‘जिन्दगीमा पहिलो पटक मलाई चिठ्ठा परेको हो,’ उनले भनिन्, ‘अप्रिल पहिलो दिन कान्तिपुरबाट फोन आउँदा कसैले अप्रिल फुल बनाएको हो कि झैं लागेको थियो । दीन–दुःखीलाई सहयोग गर्न चाहन्छु ।’


केहीअघि गरिएको ‘लक्की ड्र’ बाट रसिद नम्बर ४१३०० की उनले उपहार स्वरूप एक लाख रुपैयाँ जितेकी हुन् । उनी इन्टरनेसनल किन्डरगार्डेन प्रि–स्कुलकी अवकाशप्राप्त शिक्षिका हुन् । उनले कान्तिपुर स्थापनाकालदेखि नै यसको ग्राहक रहँदै आएको बताइन् । ‘कान्तिपुरका समाचार विश्वसनीय हुन्छन्,’ उनले भनिन्, ‘गृहिणीका लागि अझ सरल भाषामा स्वास्थ, शिक्षा आदिबारे लेख छापिदिए अझ राम्रो हुने थियो ।’


हरेक साता आइतबार कान्तिपुर टेलिभिजनको ‘कल कान्तिपुर’ कार्यक्रममा ‘लक्की ड्र’ हुने गरेको छ । कान्तिपुर वार्षिक ग्राहक योजनामा कान्तिपुर दैनिक र द काठमाडू पोस्टका वार्षिक ग्राहकले सहभागिता जनाउन पाउनेछन् । लक्की ड्रमार्फत एक जना ग्राहककले बम्पर उपहारका रूपमा एक करोड नगद पाउनेछन् ।


‘लक्की ड्र’ मार्फत मासिक १० लाख रुपैयाँ जित्न सक्नेछन् । साप्ताहिक ‘लक्की ड्र’ मा १ लाख रुपैयाँ पाउनेछन् । ग्राहक बन्नसाथ हातहातै पुरस्कार पाउने सुविधासमेत छ ।

प्रकाशित : वैशाख ५, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?