सबै नेपालीको बैंक खाता कार्यक्रम सुरु

यज्ञ बञ्जाडे

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सबै नेपालीको बैंक खाता’ कार्यक्रमको शुभारम्भ गरेका छन् । जेष्ठ नागरिक स्वास्थ्य बिमा तथा खोलौं बैंक खाता कार्यक्रमको प्रधानमन्त्री ओलीले आइतबार शुभारम्भ गरेका हुन् । 

चालू आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख भएको यो कार्यक्रम नयाँ वर्षको अवसर पारेर शुभारम्भ गरिएको हो ।

सबै नेपालीको बैंक खाता कार्यक्रम अन्तरगत प्रधानमन्त्री ओलीले आफ्नो बुबाको खाता खोलेर कार्यक्रमको उदघाटन गरेका हुन् । कार्यक्रम अनुसार नयाँ बचत खाता खोल्ने ग्राहकलाई बैंक तथा वित्तीय संस्थाले प्रतिखाता सय रुपैयाँ हालिदिने भएका छन् । यसका लागि राष्ट्र बैंकले परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थालाई निर्देशन पनि दिइसकेको छ ।

जेष्ठ नागरिक स्वास्थ्य बिमा योजना अन्तरगत सय वर्षकी जमुना गुरुङ बिमा गरिएको परिचयपत्रका साथ । तस्बिर : हेमन्त श्रेष्ठ

यो वर्षभरी खुल्ने फ्राकृतिक व्यक्ति (व्यत्तिगत) खातामा बैंक तथा वित्तीय संस्थाले सय रुपैयाँ जम्मा गरिदिने छन् । उक्त रकम बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) मा गणना गर्न पाउनेछन् । संस्थागत खातामा भने यो व्यवस्था लागू हुने छैन । बचत खाताको ब्याजदर भने बैंकअनुसार फरकफरक हुनेछ ।

सबै नेपालीको बैंक खाता कार्यक्रम अन्तरगत प्रधानमन्त्री ओलीले आफ्नो बुबाको खाता खोलेर त्यसको पत्र प्रदान गर्दै । तस्बिर : हेमन्त श्रेष्ठ

पछिल्ला केही वर्षयता सरकारले वित्तीय पहुँच विस्तारका लागि सबै नेफालीको बैंक खाता कार्यक्रम घोषणा गर्दै आएको छ । कार्यत्रम घोषणा भए पनि अपेक्षित रूपमा वित्तीय पहुँच विस्तार भएको देखिँदैन । यही कारण सरकारले आउँदो वैशाखदेखि ऊक्त कार्यत्रमलाई व्यापक बनाउन लागेको छ । कार्यक्रमलाई सफल प्रभावकारी बनाउन अर्थ मन्त्रालय, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले सहकार्य गरेका छन् ।



राष्ट्र बैंककाअनुसार गत फागुनसम्म २ करोड ५६ लाख ५८ हजार निक्षेप खाता खुलेका छन् । गत वर्षको सोही अवधिको तुलनामा यो ४१ लख ५९ हजार बढी हो । ०७४ फागुनसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप खाता संख्या २ करोड १४ लाख ९८ हजार थियो ।



तस्बिरहरु : हेमन्त श्रेष्ठ

प्रकाशित : वैशाख १, २०७६ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्

नयाँ वर्षको अठोट

कान्तिपुर संवाददाता

काठमाडौँ — मत अब सुतेर एक वर्षपछि मात्र उठ्छु  । बीचमा कसैले नबोलाउनू है १’‘एक वर्षसम्म बीचमा उठ्दै नउठ्ने ?’‘अँ त १’‘अनि भोक, तिर्खा, दिसा, पिसाब, दिग्दारी, क्यै लाग्दैन त्यतिन्जेल ? निद्रै मात्रै लागिरन्छ ?’‘म ती सब पचाइदिन्छु  ।

‘अनि म कोसँग खेल्नु नि त्यतिन्जेल ?’
‘नखेल्नु नि त त्यसो भए १’
बेलुका खाना खाइसकेपछि दाइ सरोज र भाइ निरोजबीच यस्तो गफ हुँदै थियो । सरोजले आफू एक वर्ष सुतिरहने कुरा गजबसँग बताए । भाइलाई सुरुमा यो कुरा अनौठो लाग्यो । उनलाई बिस्तारै चिन्ता लाग्न थाल्यो । एक वर्षसम्म दाजुबाट टाढा हुनुपर्ने कुराले पीर पार्‍यो । उनले रुन्चेशैलीमा आमालाई बोलाए । आमा अझै भान्साकोठामै हुनुहुन्थ्यो ।
‘पख है बाबु, म एकैछिनमा आउँछु,’ उताबाट आमाले भन्नुभयो ।
भान्साबाट आमा आइनपुगुन्जेल सरोजले यस्तै अनौठा कुरा गरेर भाइलाई बिलखबन्दमा पारिरहे ।
आमा भान्साबाट आउँदा निरोज अँध्यारो अनुहार पारेर बसेका थिए । सरोज भने भाइको मुख हेर्दै मुसुमुसु हाँसिरहेका थिए ।
‘सुत्ने बेलामा फेरि के गरेर भाइलाई रुवाएको ?’ आमाले सरोजलाई अलि हपार्नुभयो ।
निरोजले दाजुले भनेका सबै कुरा र आफ्नो गनासो सुनाए । आमालाई पोल लगाइसक्दा उनका गालाबाट आँसुका डल्ला पुर्लुकपुर्लुक लड्न थालेका थिए ।
सरोजले हासेरै जवाफ फर्कायो, ‘भोलि अर्कै वर्ष होइन त १ अनि आज सुतेर भोलि उठ्ता एक वर्ष सुतेको भयो कि भएन ?’
सरोजको उटपट्याङ्ग कुरा सुनेर आमा हाँस्नुभयो । सानो भाइलाई नानाथरी कुरा गरेर रुवाएको भन्दै रिसाएजस्तो गर्नुभयो ।
आमा र दाजुको कुरा सुनेर निरोज रुन छाडिसकेका थिए ।
उनले सोधे, ‘आमा, भोलि के हो ?’
‘भोलि वैशाख १ गते, नयाँ वर्ष । वैशाखदेखि अर्को वर्ष सुरु हुन्छ नि त १ तिम्रो दाजुको उटपट्याङ्ग कुरा तिमी बुझ्दैनौ । त्यसै रुन्छौ मात्र,’ आमाले बोलीमा माया घोलेर निरोजलाई सम्झाउनुभयो । यसो भन्दै गर्दा उहाँ निरोजका आँसु पुछिदिँदै र कपाल मुसार्दैर् हुनुहुन्थ्यो ।
‘नयाँ वर्षमा के गर्नुपर्छ आमा ?’ निरोजले आमाका काखमा बसेर लाडिँदै सोधे ।
‘नयाँ वर्षमा राम्रो र नयाँ काम गर्नुपर्छ बाबु । यो त विद्यार्थी, किसान, जागिरे, कलाकार, व्यापारी सबैका लागि खुसी साट्ने, नयाँ अठोट गर्ने, रमाउने अवसर पो हो त १ आफ्नो सानो, प्यारो भाइलाई केके भनेर, उल्याएर रुवाउने बेला होइन,’ आमाले भन्नुभयो ।
सरोजले सोधे, ‘अनि ती सबैचाहिँ एकैचोटि कसरी खुसी हुन्छन् आमा ?’ यति बेलासम्म उनी गम्भीर बनिसकेका थिए ।
दुवै छोरालाई एकैसाथ राखेर आमाले बेलिबिस्तार लगाउन थाल्नुभयो, ‘हेर त १ तिमीहरूको अन्तिम परीक्षाको रिजल्ट आयो । यो तिमीहरूको नयाँ जोस जाँगर लिएर नयाँ कक्षामा पढ्न जाने बेला हो । वर्षात्को सुरुवात र पालुवा पलाउन सुरु हुने समय भएकाले किसानले पनि यसै बेलादेखि नयाँ वाली लगाउने काम र योजनाको सुरुवात गर्छन् । व्यापारीले व्यापारका नयाँ तरिका अपनाउने, गत वर्षभन्दा धेरै प्रगति गर्ने योजना बनाउने र त्यसैअनुसार अगाडि बढ्ने काम यसै बेलादेखि गर्छन् । यस्ता अवसरमा मान्छेले मनोरञ्जन पनि खोज्छन् । यसमा कलाकारले कला देखाएर कमाउने अवसर पाउँछन् । भन त सरोज अब सबै खुसी भए कि भएनन् ?’
आमाले भन्दै जानुभयो, ‘नयाँ वर्ष सुरु हुने दिन विभिन्न मान्छेले विभिन्न तरिकाले र
माइलो गर्छन् । कोही धार्मिक र रमणीय ठाउँमा घुम्न जान्छन् । कोही नाचगान गरेर रमाइलो गर्छन् । कोही मीठोमसिनो बनाएर खान्छन् । कोहीचाहिँ अबदेखि यो काम गर्छु या गर्दिनँ भनेर अठोट लिन्छन् । कतैकतै नयाँ वर्षको अवसर पारेर मेला र जात्रा आयोजना पनि गरिएको हुन्छ ।’
आमाको कुरा सुनेपछि सरोजले भने, ‘आमा, नयाँ वर्ष त यति ठूलो कुरा रहेछ १ हामी पनि केही रमाइलो गरेर मनाऔं न है १’
‘के गरेर मनाउने त ?’ आमाको सोध्नुभयो ।
‘त्यो त तपाईंले नै भन्नुपर्छ,’ उनले योजना बनाउने जिम्मा आमालाई दिए ।
‘मैले त तिमीहरूका लागि योजना बनाएकै छु तर तिमीहरू मान्छौ भने मात्र म भन्छु,’ आमाले सर्तसहितको प्रस्ताव राख्नुभयो । प्रस्तावमा दुवैले सहमति जनाए ।
त्यसपछि आमाले भन्नुभयो, ‘मेरो योजना तिमीहरू एकछिन रमाउने र त्यसपछि चुप लाग्नेखालको छैन । यो त जति दिन बित्दै गए उति आफ्ना पुराना दिनलाई ऐनाजस्तै हेर्न मिल्ने अवसर दिलाउनेछ । तिमीहरू मान्छौ ?’
भर्खर स्कुल जान र अक्षर चिन्न थालेका निरोजका लागि आमाका कुरा सजिलै बुझ्न सम्भव थिएन । चार कक्षामा पुगेका सरोज पनि वाल्ल परे ।
त्यसपछि आमाले उनीहरूले स्कुल जाँदा बोक्नेभन्दा ठूला, राम्रा र बलियो गाता भएका दुइटा ठूला कापी (डायरी) निकाल्नुभयो र दुवै जनालाई दिनुभयो । उहाँले सरोजलाई भन्नुभयो, ‘अहिले तिमीले दिनभरमा जे काम गर्‍यौ वा अनुभव गर्‍यौ त्यही कुरा यसमा छोटोमा लेख्ने गर । यो काम प्रत्येक दिन गर । भाइलाई पनि तिमीले जानेअनुसार सिकाऊ । पछि तिमीहरू आफैं जान्ने हुनेछौ र यसको महत्त्व बुझ्ने छौ । यो तिमीहरूले यस नयाँ वर्षदेखि लिने अठोट हो ।’
आमाको योजना दुवैलाई अनौठो तर राम्रो लाग्यो । त्योभन्दा राम्रो त उनीहरूलाई आमाले दिनुभएको नयाँ डायरी नै लाग्यो । उनीहरूले त्यो रात सुत्न जाँदा पनि डायरी सँगै लिएरै गए ।

देबु लुइँटेल

प्रकाशित : वैशाख १, २०७६ १२:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्