एमएस ग्रुपका अध्यक्ष तथा उद्योपति शिवकुमार अग्रवालको निधन

कान्तिपुर संवाददाता

काठमाडौँ — उद्योगी शशिकान्त अग्रवाल तथा सुमित कुमार अग्रवालकाका बुबा तथा एमएस ग्रुपका अध्यक्ष शिवकुमार अग्रवालको निधन भएको छ । ७६ वर्षीय अग्रवालको भारतको चेन्नाईमा उपचार गर्दागर्दै निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

एमएस ग्रुपका अध्यक्ष तथा उद्योपति शिवकुमार अग्रवालको निधन

स्वास्थ्यमा समस्या देखिएपछि सुरुमा नेपालस्थित नर्भिक अस्पतालमा उपचार गराइएको थियो । तर, नेपालमा उपचार सम्भव नभएपछि उनलाई चेन्नाई लगिएको थियो । चेन्नाईमा पनि उनको उपचार सफल भएन । लामो समय मुटुलगायत विभिन्न रोगबाट ग्रसित अग्रवालको उपचारका क्रममा निधन भएको हो ।


अग्रवालको शुक्रबार अन्त्यष्टि गरिने पनि पारिवारले जनाएको छ ।

प्रकाशित : फाल्गुन २४, २०७५ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?