एलआईसीको ‘जीवन साथी’

कान्तिपुर संवाददाता

काठमाडौँ — एलआईसी नेपालले ‘रहनेछ साथ, जीवनपश्चात्’ भन्ने सन्देशका साथ ‘जीवन साथी’ नामक जीवन बिमा योजना बजारमा ल्याएको छ । १८ देखि ६० वर्ष उमेरका व्यक्तिले यो जीवनबिमा योजना लिन सक्ने जारी विज्ञप्तिमा छ ।

न्यूनतम बिमांक रकम २ लाख रुपैयाँ कायम गरिएको छ भनेअधिकतम बिमांकको सीमा बिमा अन्डरराइटिङ नियमअनुसार जति पनि लिन सकिने जनाइएको छ ।यस योजनामा बिमा अवधि १५ वर्षको हुने कम्पनीले जनाएको छ । बिमा अवधिमा बिमितकोनिधन भए बिमांक र बोनस रकम निजका श्रीमान्/श्रीमतीलाई प्रदान गरिने र बाँकी अवधिकालागि निजको श्रीमान्/श्रीमतीलाई बिमांकको ५० प्रतिशत नि:शुल्क जीवन बिमा जोखिम बहनगरिने कम्पनीले जनायो ।

प्रकाशित : फाल्गुन ५, २०७५ १०:५१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चट्याङ लागेर एकको मृत्यु, १० घाइते

रासस

पाँचथर — शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन् । दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको हो ।

चट्याङ लागेर उनकै भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएका छन् । घाइते तामाङको पाँचथर अस्पतालमा प्राथमिक उपचारपछि झापा सिफारिस गरिएको छ ।

पानी परेको समयमा घरमै बसेका बेला चट्याङ पर्दा दाजुको घटनास्थलमै ज्यान गएको र भाइ घाइते भएको पाँचथर प्रहरीले जनाएको छ । यस्तै शनिबारै परेको चट्याङ लागेर जिल्लाको फालेलुङ गाउँपालिका–५ प्राबुङमा पनि आठजना घाइते भएका छन् ।

स्थानीय फौदमान तामाङको घरमा चट्याङ पर्दा घरमा बसिरहेको मानिस घाइते भएका हुन् । उनीहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।

त्यसैगरी सोही समयमा जिल्ला पाँचथर फिदिम नगरपालिका– ५ सरसिउला बस्ने १८ वर्षीय दीपक सिवा आफ्नै घरमा सुतिरहेको अवस्थामा अचानक चट्याङ परी त्यसको झटकाले शरीरको विभिन्न भागमा चोट लागि जिल्ला अस्पताल पाँचथरमा उपचारपश्चात घर फर्किएका छन् ।

प्रकाशित : फाल्गुन ५, २०७५ १०:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT