टुटलले भ्याट छलेको शंकामा अनुसन्धान सुरु
काठमाडौँ — मोटरसाइकलमा यात्रु ओसार्न मध्यस्थता गर्ने कम्पनी टुटलले भ्याट छली गरेको विषयमा आन्तरिक राजस्व विभागले छानबिन थालेको छ । कम्पनी रजिस्ट्रार कार्यालयमा यो आइपर लुक्स नेपाल कम्पनी प्रालिको नाममा दर्ता छ ।
भ्याटमा दर्ता नभए पनि उपभोक्तासँग भ्याट शीर्षकमा रकम असुलेको विषयमा अनुसन्धान सुरु गरिएको आन्तरिक
राजस्व विभागका प्रवक्ता यज्ञ ढुंगेलले जानकारी दिए ।
‘कम्पनीको ठेगाना ललितपुर भएकाले आन्तरिक राजस्व कार्यालय ललितपुरलाई अनुसन्धानका लागि निर्देशन दिइएको छ,’ ढुंगेलले भने, ‘आजैदेखि अनुसन्धान सुरु गरेका छौं ।’
उनले अनुसन्धानका क्रममा कमजोरी भेटिए कानुनअनुसार कारबाही गरिने बताए । टुटलले भ्याटमा दर्ता नभए पनि सन् २०१७ को जनवरीदेखि २०१८ को जुलाईसम्म भ्याट शीर्षकमा रकम असुलेको भन्दै समाचार प्रकाशित भएपछि विभागले अनुसन्धान थालेको हो ।
प्रकाशित : माघ १०, २०७५ ०९:३९