कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुम्बा पुनर्निर्माण गर्न बाटो खुला

काठमाडौँ — राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बौद्ध सम्पदाको संरक्षण, जीर्णोद्धार तथा पुनर्निर्माणसम्बन्धी कार्यविधि २०७५ स्वीकृत गरेको छ । भूकम्पबाट क्षति भएका गुम्बा, बिहार तथा स्तूपाको पुनर्निर्माण, संरक्षण र जीर्णोद्धारका लागिका लागि शुक्रबार बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले कार्यविधि पारित गरेको हो । 

सय वर्षभन्दा पुराना र दुई हजार वर्ग फिटभन्दा बढी प्लिन्थ एरिया भएका सम्पदाको पुनर्निर्माण पुरातत्त्व विभागको स्वीकृति लिई केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय र्पूाधार) को प्रत्यक्ष संलग्नतामा गरिने उल्लेख गरिएको छ । भूकम्बाट क्षति भएका गुम्बाहरूको संख्या १३२० छ । पुनर्निर्माण गर्नुपर्ने गुम्बाको संख्या ८ सय ९५ र मर्मत सम्भार गर्नुपर्ने गुम्बाको संख्या ४ सय २ छ ।


दुई हजार वर्ग फिट प्लिन्थ एरियाभन्दा कमका गुम्बा, बिहार तथा स्तूपाको पुनर्निर्माण गर्दा सम्बन्धित उपभोक्ता समितिमार्फत गर्ने कार्यलाई प्रथामिकता दिइने कार्यविधिमा उल्लेख छ ।


दुई हजार वर्ग फिटभन्दा बढी प्लिन्थ एरिया भएकाको पुनर्निर्माणका लागि केन्द्रबाट शतप्रतिशत बजेटको व्यवस्था हुने जारी विज्ञप्तिमा छ । दुई हजार वर्ग फिटभन्दा कम प्लिन्थ एरिया भएकाको हकमा भने पुनर्निर्माणमा ५० प्रतिशत प्राधिकरणले अनुदान उपलब्ध गराउनेछ । बाँकी ५० प्रतिशत रकम सम्बन्धित स्थानीय तह र उपभोक्ता समितिले जुटाउनुपर्ने व्यवस्था रहेको छ ।


बैठकले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ४ मा तिलडाँडा एकीकृत बस्ती, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ३ मा हैबुङ एकीकृत बस्ती, सिन्धुपाल्चोककै मेलम्ची नगरपालिका ६ मा भनावीश्वर सिग्देल एकीकृत बस्ती र रामेछापको दोरम्बा गाउापालिका ५ मा गुम्साल एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई पनि स्वीकृत गरेको छ ।

प्रकाशित : पुस २१, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?