३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बैंकमा ३९ अर्ब थपियो 

यज्ञ बञ्जाडे

काठमाडौँ — वाणिज्य बैंकहरुमा सोमबार मात्र करिब ३९ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । स्थानीय तहको खातामा रहेको रकम मध्ये ५० प्रतिशत वाणिज्य बैंकमै राख्न पाउने व्यवस्थापछि एकै पटक उक्त रकम बैंकमा आएको हो । 

बैंकमा ३९ अर्ब थपियो 

सरकारले गत साता नै ‘ग’ वर्गको खातामा रहेको स्थानीय तहको बचतको ५० प्रतिशत रकम सम्बन्धित बैंकलाई आफ्नो खातामै राख्न दिने निर्णय गरी कार्यान्वयनका लागि महालेखा नियन्त्रक कार्यालय र राष्ट्र बैंकलाई निर्देशन दिएको थियो । सोही निर्णय अनुसार सोमबार बैंकहरुले उल्लिखित रकम पाएका हुन् ।


‘सोमबार नै बैंकहरुले करिब ३९ अर्ब रुपैयाँ पाएका छन्,’ राष्ट्र बैंक बैकिङ विभाग प्रमुख झलक शर्मा आचार्यले भने,‘यो रकम सरकारी कारोबार गर्न अनुमति पाएका सबै वाणिज्य बैंकहरुमा गएको छ ।’ हाल २८ वटा वाणिज्य बैंक सञ्चालनमा रहे पनि २७ वटाले मात्र सरकारी कारोबार गर्न अनुमति पाएका छन् ।


सरकारको पछिल्लो निर्णयले करिब एकै पटक ठूलो रकम बैकिङ क्षेत्रमा थपिएकाले तरलता (लगानीयोग्य रकम) अवस्था सहज हुने बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङगानाले बताए ।

प्रकाशित : मंसिर १७, २०७५ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?