कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बाँकी पुनर्निर्माणलाई ६ खर्ब लाग्ने

काठमाडौँ — ०७२ को भूकम्पले क्षति पुर्‍याएका संरचनाको पुनर्निर्माण र पुन:स्थापनाका बाँकी कामलाई ६ खर्ब रुपैयाँ लाग्ने भएको छ ।उक्त रकम जुटाउन सरकार र दातृ निकायहरूसँग छलफल जारी रहेको पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले बताए ।

बाँकी पुनर्निर्माणलाई ६ खर्ब लाग्ने

‘अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिहरूसँगको छलफलमा ज्ञवालीले चालु आर्थिक वर्षभित्र पुनर्निर्माणमा ३ खर्ब ३६ अर्ब खर्च रुपैयाँ खर्च हुनेछ,’ ज्ञवालीको भनाइ उद्धृत गर्दै प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आवश्यक रकम जुटाउन सरकार र दातृ निकायसँग छलफल जारी छ ।’

प्राधिकरणले पुनर्निर्माणमा पहिलो वर्ष २२ अर्ब, दोस्रो वर्ष ४९ अर्ब, तेस्रो वर्ष १ खर्ब १४ अर्ब रुपैयाँ खर्च गरेको थियो । पुनर्निर्माणका लागि चालु आर्थिक वर्षमा १ खर्ब ५१ खर्ब रुपैयाँ विनियोजन गरिएको छ । हालसम्म भएको खर्च र अब लाग्ने भनिएको खर्च रकम पहिले योजना गरेअनुसार नै हो ।

२०७३ साल वैशाखमा तयार पारिएको विपद् पश्चातको पुनर्लाभ कार्यढाँचामा पुनर्निर्माणका लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने आकलन गरिएको थियो । यसमध्ये ३ खर्ब ३६ अर्ब खर्च चालु आर्थिक वर्षमा भइसक्ने र बाँकी ६ खर्ब आवश्यक रहेको ज्ञवालीले बताएका हुन् ।

‘नेपालको पुनर्निर्माणका लागि आयोजना गरिएको अन्तर्राट्रिय सम्मेलनमा छिमेकी मुलुकसहित दातृ निकायहरूले प्रतिबद्धता जनाएको कुल ४ खर्ब १० अर्ब रुपैयाँमध्ये ६७ अर्ब उद्धार तथा राहतसहितका कार्यक्रममा खर्च भई ३ खर्ब ४३ अर्ब रहेकामा त्यसमध्ये २ खर्ब ६२ अर्ब रुपैयाँको सम्झौता भइसकेको छ,’ प्राधिकरणको विज्ञप्तिमा भनिएको छ ।

पुनर्निर्माणका लागि विनियोजन गरिएको रकम खर्च गरी आवश्यक रकमको व्यवस्थापन र दातृ सम्मेलनमा व्यक्त प्रतिबद्धताअनुसारको रकम जुटाउन पहल गरिने ज्ञवालीले बताए ।

प्रकाशित : आश्विन १, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?