कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाडा अटो सोमा ५ अर्बको कारोबार

काठमाडौँ — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल एवं ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजले गरेको अटो सोमा करिब ५ अर्ब रुपैयाँको कारोबार भएको छ । सोमा २ हजार ४ सय सवारी साधन बुकिङ भएको जनाइएको छ । 

नाडा अटो सोमा ५ अर्बको कारोबार

६ दिन चलेको सो आइतबार सकिएको छ । आयोजकका अनुसार सोमा ८ सय चारपांग्रे र १ हजार ६ सय दुईपांग्रे सवारी बुकिङ भए । अटो सो ६५ हजारले अवलोकन गरेको नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले बताए । ‘सहभागीहरूको हिसाबले नाडा अटो सोबाट अत्यन्त उत्साहित छौं । ५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको अनुमान गरेका छौं,’ उनले भने । अवलोकनकर्ताको भीड दैनिक बढेको थियो । शनिबार मात्रै करिब १५ हजारले अटो सो अवलोकन गरेका थिए ।

साँघुरो प्रदर्शनी हलका कारण थप अवलोकनकर्ताहरू आउन नसकेको उनले बताए । ‘हरेक जनतामा सवारीको चासो छ । दैनिक औसतमा १० हजारले अवलोकन गरेका छन्,’ उनले भने, ‘तर, सानो ठाउँ भएर धेरै आउन सकेनन् ।’ नयाँ मोडलका सवारीसँगै उपभोक्ता आकर्षित गर्न छुटका नयाँनयाँ घोषणा गरिएका थिए । विभिन्न ब्रान्डले अटो सोको बेला गाडी किने क्यास छुट र लक्की ड्रमार्फत छुटसमेत सार्वजनिक गरेका थिए ।

जसले गर्दा अवलोकनकर्ताको सहभागिता उत्साहजनक भएको जनाएको छ । केही कम्पनीहरूले कन्सेप्ट/फयुचर कारसमेत प्रदर्शन गर्न राखेका थिए । प्रदर्शनीमा १९ ब्रान्डका चारपांग्रे तथा २० ब्रान्डका दुईपांग्रे सवारी साधन राखिएको थियो ।

प्रकाशित : आश्विन १, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?