कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार १३ अंकले बढयो । बजार खुलेको पहिलो घण्टामा नेप्से घटेपनि त्यसपछि बढ्न सुरु गरुेको थियो । त्यो क्रम अन्तिम सम्म जारी रहयो ।

नेप्सेमा दोहोरो अंकको वृद्धि

यसकारण बजार बन्द हुँदा १३.०६ अंकको वृद्धिसहित १ हजार २ सय ३०.७१ विन्दुमा उक्लेको छ ।


उक्त दिन कारोबारमा आएकामध्ये होटल, वित्त कम्पनी र उत्पादन तथा प्रशोधनबाहेक सबै समूहको परिसूचक बढेपछि समग्र नेप्से दोहोरो अंकले बढेको हो ।


पछिल्लो समयका ब्याजदर घट्दो क्रममा छ । अघिल्लो वर्ष मार्जिन प्रकृतिका ऋणहरूका कडाइ गरेका बैंकहरूले अहिले ती क्षेत्रमा ऋण प्रवाह थालेका छन् । तुलनात्मक रूपमा ब्याजदरमा पनि कमी आएको छ । यो पनि सेयर बजार वृद्धिको कारण भएको जानकारहरू बताउँछन् ।


सेयर बजार धेरै तल झरिसकेको, बैंक तथा वित्तीय संस्थाहरूको व्यावसायिक विस्तार हेर्दा पहिलो त्रैमासमा पनि कम्पनीहरूका वित्तीय प्रतिवेदनहरू सुधारिएर आउने संकेत देखिएको, घट्दो ब्याजदरलगायत कारणले बजारमा सकारात्मक प्रभाव परेको ब्रोकरहरू बताउँछन् ।

प्रकाशित : भाद्र २८, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?