कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

२ आयोजना बनाउन बंगलादेशको प्रस्ताव

काठमाडौँ — बंगलादेशले दुई जलविद्युत् आयोजना संयुक्त रूपमा बनाउन नेपाललाई प्रस्ताव गरेको छ । बंगलादेशका ऊर्जा तथा खानी स्रोतमन्त्री नसरुल हमिदले ऊर्जामन्त्री वर्षमान पुनसँग सुनकोसी २ र सुनकोसी ३ जलविद्युत् आयोजना संयुक्त लगानीमा बनाउन प्रस्ताव राखेको मन्त्री पुनको सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

२ आयोजना बनाउन बंगलादेशको प्रस्ताव

बंगलादेशले गत साता आयोजना गरेको ऊर्जा सप्ताह कार्यक्रममा भाग लिन ऊर्जामन्त्री पुन ढाका गएका थिए । ऊर्जा सप्ताहको अवसरमा बंगलादेश सरकारले सार्वजनिक गरेको ऊर्जासम्बन्धी योजनामा सन् २०४० सम्ममा नेपालबाट ९ हजार मेगावाट विद्युत् आपूर्ति गर्ने योजना उल्लेख छ ।


१ हजार १ सय १६ मेगावाट जडित क्षमता हुने अनुमान गरिएको त्रिशूली २ जलविद्युत् आयोजनाको विद्युत् विकास विभागले सम्भाव्यता अध्ययन गरिरहेको छ । यस्तै त्रिशूली ३ को जडित क्षमता ५ सय ३६ मेगावाट हुने अपेक्षा छ । दुवै आयोजनाको अध्ययन विभागले गरिरहेको छ ।


माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५ सय मेगावाट विद्युत् किन्ने निर्णय पनि बंगलादेश सरकारले गरेको छ । बंगलादेशी मन्त्री हमिदले यसको जानकारी ऊर्जामन्त्री पुनलाई गराएका थिए ।


भारत सरकारको प्रसारण लाइन प्रयोग गरी उक्त विद्युत् भित्र्याउने बंगलादेश सरकारको योजना छ ।

प्रकाशित : भाद्र २५, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?