१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

ऋणमा लापरबाही गर्नेलाई जरिवाना

अस्ट्रेलिया — अस्ट्रेलियाली बैंक वेस्टप्याकलाई नियमन निकायले २ करोड ८० लाख रुपैयाँ जरिवाना तिराएको छ ।

ऋणमा लापरबाही गर्नेलाई जरिवाना

ग्राहकलाई भवन निर्माणका लागि ऋण प्रवाह गर्ने विषयमा पर्याप्त सावधानी नअपनाएको भन्दै अस्ट्रेलियन सेक्युरिटिज एन्ड इन्भेस्टमेन्स कमिसन (एसिक) ले बैंकलाई जरिवाना तिराएको हो ।

अस्ट्रेलियाका प्राय: सबै ठूला बैंकिङ तथा आर्थिक कारोबार गर्ने संस्थाहरू विभिन्न विषयमा अनुसन्धानको दायरामा राखिएका छन् । यसअघि एसिकले अस्ट्रेलियाको सबैभन्दा ठूलो बैंक कमनवेल्थलाई करिब ५६ अर्ब रुपैयाँ जरिवाना तिराइसकेको छ ।

जुन अस्ट्रेलियाको व्यावसायिक क्षेत्रकै सबैभन्दा ठूलो आर्थिक सजाय भएको बताइएको छ । वेस्टप्याक बैंकले आर्थिक हैसियत राम्रो नभएको जान्दाजान्दै केही ग्राहकलाई ऋण प्रवाह गरेको, सरकारको ऋणसम्बन्धी मापदण्डको पालना नगरेको आरोपमा अनुसन्धान गरेको थियो ।

एक वर्षअघिदेखि गरिएको अनुसन्धानपछि एसिकले उक्त बैंकलाई मंगलबार जरिवाना तिराएको हो ।

अस्ट्रेलियाली सरकारले स्थानीय ग्राहकहरूले बैंकबाट लिने विभिन्न किसिमका सेवाबारे जनगुनासो बढेपछि ‘रोयल कमिसन’ को स्थापना गरेको थियो । यहाँको सबैभन्दा उच्च अनुसन्धान निकायका रूपमा स्थापना गरिएको यो निकायले बैंकिङ क्षेत्रहरूका विभिन्न सेवाबारे अनुसन्धान गरेको थियो । अनुसन्धानपछि सरकारलाई सुधारका लागि विभिन्न सुझावहरू दिने गर्दछ ।

अस्ट्रेलियाले ग्राहकहरूलाई उच्च प्राथमिकता र सेवाका लागि उच्च सुरक्षा दिने गरेको छ । बैंकिङ क्षेत्रलाई सुधारोन्मुख बनाउनकै लागि भनेर स्थापना भएको कमिसनले हालसम्म यहाँ चारवटै ठूला बैंक कमनवेल्थ, एएनजेड, न्याब, वेस्टप्याकलगायतलाई अनुसन्धानको दायरमा ल्याइसकेको छ । त्यस्तै एएमपीलगायतका ठूला आर्थिक कारोबार गर्ने निकायहरूले समेत अनुसन्धानको सामना गर्नुपरेको छ ।

प्रकाशित : भाद्र २१, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?