कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

पेट्रोलियम पदार्थको मूल्य वृद्धि 

नयाँ मूल्य आजै राति १२ बजेबाट लागु हुने 
राजु चाैधरी

काठमाडौँ — नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मुल्यमा वृद्धि गर्ने निर्णय गरेको छ । निगमले स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ वृद्धी गरेको जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि 

पेट्रोलियम पदार्थमा मूल्य वृद्धी भएसँगै पेट्रोलको नयाँ खुद्रा मूल्य ११२ रुपैयाँ, डिजेल र मट्टितेलको ९८ रुपैयाँ र एलपी ग्यासको एक सिलिण्डरको मुल्य १४ सय रुपैयाँ हुने छ ।


निगमले केही साता यता अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य रुपमा वृद्धी भएको र अमेरिकी डलरको तुलनामा नेपाली तथा भारतीय मुद्राको समेत अवमुल्यन भएकोले मूल्य वृद्धी गर्नुपरेको आयल निगमले जनाएको छ ।


प्रकाशित : भाद्र २०, २०७५ २२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?