कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार खर्च व्यहोर्ने प्रदेश सरकारको निर्णय 

अर्जुन शाह

धनगढी — धनगढीप्रदेश सरकारले कञ्चनपुरमा भएको झडपमा शुक्रबार मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिने भएको छ ।  मन्त्रिपरिषद्को शनिबार आकस्मिक बैठकले मृतक सन्नी खुनाका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई उपचार खर्च दिने निर्णय गरेको हो । क्षतिपूर्ति रकम भने खुलाएको छैन ।  

मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार खर्च व्यहोर्ने प्रदेश सरकारको निर्णय 

मन्त्रालयमै शनिबार पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले कञ्चनपुरमा किशोरी बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन केन्द्र र प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले घटनाको अनुसन्धानमा सहयोग गर्नसमेत आग्रह गरेका छन् ।

‘प्रदेश सरकारकै आग्रहमा केन्द्र सरकारले उच्चस्तरीय छानबिन समिति पठाएको हो’ प्रवक्ता शाहले भने ‘आम नागरिकले उच्चस्तरीय छानबिन समितिलाई काम गर्ने वातावरण दिनुपर्छ ।’

कञ्चनपुरमा उत्पन्न परिस्थितिबारे छलफल गर्न सुरक्षा निकायका प्रमुखसहित शनिबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको मन्त्री शाहले बताए । कञ्चनपुरकी किशोरीको बलात्कारपछि हत्याको घटनाले हाल सबैलाई संवेदनशील बनाएको बताउँदै शाहले भने, ‘समस्या समाधानका लागि हामी केन्द्र सरकारसँग निरन्तर समन्वयमा छौं, चाँडै सबै कुरा ठीक हुन्छ ।’

प्रकाशित : भाद्र ९, २०७५ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?