१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
अर्थ / वाणिज्य

Nepali Business & Economics News

पर्यटकको फर्जी हेलिकप्टर उद्धार: बिमा नगर्ने चेतावनी

नेपाल भ्रमणमा आउने मुख्यत: अमेरिकी, बेलायती र अस्ट्रेलियन नागरिकहरूको भ्रमण बिमा गर्ने लगायतका चिकित्सा सहायता उपलब्ध गराउँदै आएको दाबी गर्ने एक विदेशी कम्पनीले फर्जी उद्धारमा संलग्न एजेन्सीहरूलाई नेपाल सरकारले कारबाही नगरे आगामी सिजनदेखि बिमासँग सम्बन्धित सबै सेवा रोक्ने चेतावनी दिएको छ ।

पर्यटकको फर्जी हेलिकप्टर उद्धार: बिमा नगर्ने चेतावनी

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलकाे टर्मिनल शिलान्यास

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन निर्माण बुधबार सुरु भएको छ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बुधबार शिलान्यास गरेपछि विधिवत् निर्माण सुरु भएको हो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलकाे टर्मिनल शिलान्यास
भाद्र ६, २०७५

हराउँदै रैथाने जातका कुखुरा

उन्नत जातका कुखुराको उत्पादन बढेसँगै रैथाने कुखुरा हराउँदै गएका छन् । यी जातका कुखुरा बढ्न ढिलो हुने, अण्डा थोरै पार्ने भएकाले किसान छोटो समयमा धेरै आम्दानी हुने उन्नत जातका कुखुरामा आकर्षित भएका हुन् । 

हराउँदै रैथाने जातका कुखुरा

सीमामा मौलायो मरिच तस्करीः सुपारीमा भन्दा दोब्बर फाइदा

भन्सार विभागले सुपारीको आयातलाई निरुत्साहित पार्न मूल्यांकन वृद्धि गरी प्रति किलो ४५ रुपैयाँ कायम गरेपछि आयातमा थोरै कमी आएको छ । तर, पूर्ण रुपमा आयात घटेको छैन ।

सीमामा मौलायो मरिच तस्करीः सुपारीमा भन्दा दोब्बर फाइदा

मौलाउँदै रैथाने फापर

हिमाली जिल्ला मनाङमा रैथाने फापर खेती मौलाएको छ । प्राय: सबैजसो गाउँबस्ती छेउका खेतमा फापर लगाइएको छ । तल्लो क्षेत्रको नासों १ ताल क्षेत्रदेखि माथिल्लो मनाङ ङिस्याङ ९ खाङसारसम्म फापर खेती गरिएको छ ।

मौलाउँदै रैथाने फापर

सात महिनापछि मुलुक बचतमा

सात महिनायता लगातार घाटामा रहेको मुलुकको शोधनान्तर स्थिति गत असारमा सुध्रिएको छ । मुलुक भित्रिने र बाहिरिने रकमको विवरण देखाउने शोधनान्तर असारमा ९६ करोड रुपैयाँले बचतमा रहेको हो ।

सात महिनापछि मुलुक बचतमा

रसुवागढीको सुरुङमार्ग छिचोलियो

रसुवागढी जलविद्युत् आयोजनाको मुख्य सुरुङमार्ग सोमबार छिचोलिएको छ । १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना गोसाइँकुण्ड गाउँपालिका थुमन र टिमुरेको सिमानामा निर्माण भइरहेको छ ।

रसुवागढीको सुरुङमार्ग छिचोलियो

दूरसञ्चार प्राधिकरण अध्यक्ष प्रतिस्पर्धाबाट छान्ने तयारी

सरकारले रिक्त रहेको दूरसञ्चार प्राधिकरण अध्यक्ष पद प्रतिस्पर्धाबाट छान्ने तयारी गरेको छ । दिगम्बर झा प्राधिकरण अध्यक्ष पदबाट बर्खास्त भएपछि यो पद रिक्त छ । असार २० गतेको मन्त्रिपरिषद् बैठकले अघिल्ला सरकारले गरेका नियुक्तिहरू खारेज गर्ने निर्णयसँगै प्राधिकरण अध्यक्ष पद रिक्त छ ।

दूरसञ्चार प्राधिकरण अध्यक्ष प्रतिस्पर्धाबाट छान्ने तयारी

ब्याजदर वृद्धिमा सांसदहरूको चासो

बैंक तथा वित्तीय संस्थाहरूमा ऋणको ब्याजदर उच्च भएको प्रति सांसदहरूले चिन्ता व्यक्त गरेका छन् । ऋणको ब्याजदर उच्च रहँदा ससानो लगानी निरुत्साहित हुने भन्दै उनीहरूले यस्तो धारणा व्यक्त गरेका हुन् । मंगलबार अर्थ समितिको बैठकमा उनीहरूले यस्तो बताएका हुन् ।

ब्याजदर वृद्धिमा सांसदहरूको चासो

पर्यटक बढेपछि होटल थपिँदै

थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकामा सुविधायुक्त होटलहरू थपिँदै छन् । आन्तरिक एवं बाहय पर्यटक आउने क्रम बढेसँगै होटलहरू थपिँदै गएका हुन् । इन्द्रसरोवर १ सिम्लाङमा १२ जना स्थानीय युवा मिलेर सुविधायुक्त होटल सञ्चालनमा ल्याएका छन् ।

पर्यटक बढेपछि होटल थपिँदै

किसानका उत्पादन पैंचोमा

छत्रकोट ४ तिलडाँडाका डिल्लीराज कँडेलले झन्डै ५० वर्षसम्म बारीको कान्लामा फलेका ‘भुटुक’ त्यसै खेर फाले । रूखको डाले घाँस प्रयोग भए पनि बर्सेनि फल्ने ती फल उपयोगबिनै कुहेर गए । तर, चार वर्षयता अवस्था फेरिएको छ ।

किसानका उत्पादन पैंचोमा

भदौभित्रै ‘हेजिङ’ सुविधा

विदेशी विनिमयदरको उचारचढावले आउने जोखिम व्यवस्थापनका लागि केन्द्रीय बैंकले हेजिङ सुविधा ल्याउन लागेको छ । विदेशी विनिमयमा निहित जोखिम व्यवस्थापन गर्न सहयोग पुर्‍याउने उद्देश्यले उक्त व्यवस्था ल्याउन लागिएको हो ।

भदौभित्रै ‘हेजिङ’ सुविधा