२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

हवाईजहाजको बजार ६३ खर्ब डलर नाघ्ने

चीनले आगामी १० देखि १५ वर्षमा विश्वको आन्तरिक रूपमा सबैभन्दा बढी जहाज यात्रा हुने देशका रूपमा अमेरिकालाई उछिन्नेछ ।

एजेन्सी — बोइङको पछिल्लो प्रतिवेदनअनुसार विश्वभरका एयरलाइन्सलाई आगामी २० वर्षमा ४२ हजार ७ सय हवाईजहाजको आवश्यकता पर्नेछ । यो अघिल्लो वर्ष अनुमान गरिएको भन्दा ३ प्रतिशतले बढी हो ।

हवाईजहाजको बजार ६३ खर्ब डलर नाघ्ने

बोइङले गरेको अनुमानअनुसार विश्वभरका एयरलाइन्सलाई आगामी २० वर्षमा चाहिने हवाईजहाजको कुल मूल्य ६३ अर्ब डलर हुनेछ ।

फार्नबोरोज एयरसोको दोस्रो दिन यो रिपोर्ट सार्वजनिक गरिएको हो । यही सोमा विश्वभरका जहाज निर्माता कम्पनीहरूले आफूलाई आएको जहाजको अर्डर सार्वजनिक गर्ने गर्छन् ।

चीन र अमेरिकाबीचको व्यापार द्वन्द्व, बढदो तेलको मूल्य र बैंकहरूले बढाएको ब्याजदरका बीच पनि बोइङको अनुमानले आगामी वर्षहरूमा जहाजको बिक्री बढ्ने देखिन्छ । बोइङ र उसको युरोपियन प्रतिस्पर्धी कम्पनी एयरबसको आगामी ५ वर्षका लागि बुकिङ भइसकेका छन् ।

एयरसोकै क्रममा रुसी एयरलाइन्स भोल्गाले ११ अर्ब ८० करोड डलरमा बोइङ किन्ने प्रतिबद्धता जनाएको छ । यस्तै एयरबसले पनि आफ्नो ग्राहकको नाम नखुलाई आफ्नो ए ३२० जेट एक सयवटा अर्डर आएको खुलासा गरेको छ ।

अमेरिकी जहाज निर्माता कम्पनी एयर लिस कर्पले पनि साढे ९ अर्ब डलरभन्दा बढी कुल मूल्य पर्ने ७८ वटा बोइङ र वाइड बढी जहाज किन्ने प्रतिबद्धता जनाएको छ ।

चीनको चढाव
बोइङको रिपोर्टअनुसार चीन आगामी वर्ष सबैभन्दा जहाज उद्योगको लागि सबैभन्दा महत्त्वपूर्ण गन्तव्य हुनेछ । उक्त रिपोर्टमा जनाइएअनुसार गत वर्ष बोइङले उत्पादन गरेका चारमध्ये एक जहाज चीनमा बिक्री भएको थियो ।

बोइङका व्यापारिक मार्केटिक प्रमुख र्‍यान्डी टिनसेथले सोका क्रममा आयोजित पत्रकार सम्मेलनमा चीन अमेरिकालाई पछि पार्दै आगामी १० देखि १५ वर्षमा सबैभन्दा धेरै जहाज यात्रा गर्ने देश बन्ने आकलन गरे ।

चिनियाँ कम्पनीहरूको बढदो व्यापारका कारण चीनमा कार्गो जहाजको माग पनि बढ्ने उनको अनुमान छ । तर, अमेरिका र चीनबीचको व्यापार द्वन्द्वले बोइङको चीनसँगको सम्बन्ध असर गर्छ कि गर्दैन भन्ने प्रश्नमा भने उनले कुनै टिप्पणी गर्न चाहेनन् । ‘हामीले जे गर्न सक्छौं, त्यसमा मात्रै केन्द्रित छौं,’ उनले भने ।

बोइङले आगामी दुई दशक आफ्नो बिक्री ५ प्रतिशतले बढ्ने अनुमान गरेको छ । आफ्ना ठूला जहाज मात्रै आगामी दुई दशकमा ३१ हजार ३ सय ६० वटा बिक्री हुने कम्पनीको अनुमान छ ।

प्रकाशित : श्रावण ४, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?