कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

नेप्से १२ अंकले बढयो

काठमाडौँ — आर्थिक वर्षको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से १२.२७ अंकले बढेर १ हजार २ सय १२ दशमलव ३६ विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १.०२ प्रतिशतले बढी हो । साउन १ गतेदेखि परीक्षणका रूपमा अनलाइन कारोबार हुने र सो प्रयोगले बजारमा सुधार आउने आशामा लगानीकर्ता उत्साहित भएको अनुमान ब्रोकरले गरेका छन् ।

नेप्से १२ अंकले बढयो

सोमबार करिब ३ हजार ४ सय कारोबारबाट १ सय ५९ कम्पनीका ११ लाख ७६ हजार ५ सय ९२ कित्ता सेयर किनबेच भए । ती कारोबारबाट ३१ करोड ८५ लाख रुपैयाँ परिचालन भएको छ । कारोबारमा आएकामध्ये १ सय ९ कम्पनीको सेयर मूल्य बढयो, ३२ कम्पनीको सेयर मूल्य घटयो, १८ कम्पनी स्थिर छन् । ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ०.९५ प्रतिशतले बढेर २ सय ५५.२० अंक पुगेको छ । यस दिन ‘अन्य’ समूहबाहेक कारोबारमा आएका सबै समूहका परिसूचक बढे ।

आजदेखि अनलाइन परीक्षण कारोबार
मंगलबारदेखि सेयर बजारमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको परीक्षण सुरु हुने भएको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार नेप्सेले मंगलबारदेखि यस्तो कारोबार सुरु गर्न लागेको हो । यसका लागि नेप्से, सेयर ब्रोकर, कारोबार प्रणाली निर्माता कम्पनी, डाटा सेन्टरलगायतले आवश्यक तयारी पूरा गरेको नेप्सेले जनाएको छ । हाल साधारण लगानीकर्ताले नयाँ प्रणालीको कारोबार अवलोकन मात्र गर्न पाउने नेप्सेको विज्ञप्तिमा छ ।

प्रकाशित : श्रावण १, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?