कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बैंकमा ढुकुटी रित्तियो, भुक्तानी न्यून

डोल्पा(दुनै) — असार मसान्त लागेर भुक्तानी अन्तिम चरणमा पुगेको बेला डोल्पाका बैंकका लागि आवश्यक राष्ट्र बैंकको ढुकुटी खाली हुँदै गएको छ ।

बैंकमा ढुकुटी रित्तियो, भुक्तानी न्यून

जसले गर्दा टाढाटाढाबाट दुनै पुगेका उपभोक्ताहरुले भुक्तानी पाएनन् ।

नेपाल बैंक डोल्पामा रहेको नेपाल राष्ट्र बैंकको ढुकुटी रित्तिदै गएकाले चार दिनदेखि ५ लाख भन्दा बढीका चेकहरु भुक्तानी दिन नसकिएको नेपाल बैंक लिमिटेड डोल्पाका प्रबन्धक बेद धरालाले बताए ।


मौसमको खराबीका कारण हप्तादेखि राष्ट्र बैंकबाट आउन तयार रहेको रुपैयाँको चाटर आउन नसकेका कारण पैसाको अभाव सिर्जना भएको हो । बैंकमा रकम न्यून स्टकका कारण भुक्तानी लिने उपभोक्ताहरुमा मर्का परेको सिटिजन्स बैंक डोल्पाका शाखा प्रबन्धक जग भण्डारीले बताए ।


बैंकमा रकम नभएकाले अपाङ्ग बालबालिकाहरुको छात्रावृद्धिको रकम निकाल्न नसकिएको मुकुटेश्वर अपाङ्ग सेवा समिति डोल्पाका अध्यक्ष चन्द्रबहादुर रोकायाले बताए । बैंकमा रकम नभएर भुक्तानी नहुँदा तीनदिन देखि दुनैमा बस्न बाध्य भएको जगदुल्ला गाउँपालिका छांचुकी धनरुपा बोहोराले बताइन् ।


असारको अन्तिम भएकाले उपभोक्ताहरुले पाएको भुक्तानीको रकम झिक्न पाएका छैनन् । त्यसैगरी असार मसान्तका सँगसँगै यार्चाकुन्भु खरिद विक्रीको समय भएकाले धेरै व्यापारीहरुले रकम झिक्न नपाउँदा कारोबारमा समस्या आएको बताएका छन् ।

प्रकाशित : असार २१, २०७५ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?