२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

अर्थमन्त्रीद्वारा संसदमा आर्थिक सर्वेक्षण पेस, आर्थिक वृद्धि ५ दशमलव ५९ प्रतिशत पुग्ने अनुमान

काठमाडौँ — सरकारले चालु आर्थिक वर्ष २०७४/०७५को मुलुकको समग्र आर्थिक स्थितिको मूल्यांकनसहितको आर्थिक सर्वेक्षण पेस गरेको छ ।

अर्थमन्त्रीद्वारा संसदमा आर्थिक सर्वेक्षण पेस, आर्थिक वृद्धि ५ दशमलव ५९ प्रतिशत पुग्ने अनुमान

अर्थमन्त्री युवराज खतिवडाले संसदको आइतबारको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गरेका हुन् । अर्थमन्त्रीले चालु आर्थिक वर्षको पहिलो ८ महिनामा भएका आर्थिक गतिविधि तथा समग्र आर्थिक अवस्थासहितको आर्थिक सर्वेक्षण पेस गरेका हुन् ।


सरकारले आगामी आर्थिक वर्षको बजेट पेस गर्नुपूर्व आर्थिक आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था र चुनौतीलाई समेटेर आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने परम्परा छ । संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्दैछ ।


अर्थमन्त्रीका अनुसार चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ५ दशमलव ५९ प्रतिशत पुग्ने अनुमान गरिएको छ । प्रतिव्यक्ति आय १ हजार ४ डलर पुग्ने अनुमान गरिएको छ ।


मुलुकमा अहिले पनि ८० लाखभन्दा बढी जनता गरिवीको रेखामुनी रहेको आर्थिक सर्वेक्षणले उल्लेख गरेको छ ।


प्रकाशित : जेष्ठ १३, २०७५ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?