३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

हजार टन माछा आयात

रासस

विराटनगर — भारतबाट विगत आठ महिनामा ठूलो परिमाणमा माछा आयात भएको छ । उक्त अवधिमा १ हजार ७९ टन माछा आयात भएको पशु क्वारेन्टाइन कार्यालय विराटनगरले जनाएको हो ।

हजार टन माछा आयात

अधिकांश मात्रामा विराटनगर नाका तथा सुनसरीको भन्टाबारी र सिरहाको माडरबाट केही मात्रामा माछा आयात गरिएको हो । आयातित माछामा रहु, नैनी, भाकुरका साथै अन्य जातको रहेको छ ।

सिद्रा माछा १४ दशमलव ६ टन, एक्युरियम माछा ३ हजार ९ सयगोटा र ८० हजार माछाका भुरा आयात गरिएको कार्यालयका स्वास्थ्य प्राविधिक निरज कट्टेलले जानकारी दिए ।

यसका साथै सो अवधिमा १० हजार ९ सय ६६ वटा सुँगुर, १ हजार ३ सय २९ घोडा खच्चर, राँगाभैंसी १ हजार ५ सय ३६ तथा गाईगोरु ६२ आयात गरिएको छ ।

भारतबाट आयातित माछा खानयोग्य छ कि छैन भनेर विराटनगरस्थित खाद्य प्रविधि प्रयोगशालामा जाँच गराउने गरिएको प्राविधिक कट्टेलले बताए । सोही अवधिमा सिरहाको माडर नाकाबाट १ हजार ६ टन दूध, १ सय २ टन दही र ९१ किलो घिउ निर्यात भएको छ ।

प्रकाशित : चैत्र १, २०७४ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?