कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

यती ‘कार्बन न्युट्रल एयरलाइन्स’

काठमाडौँ — यती एयरलाइन्स मुलुकको पहिलो श्ून्य कार्बन उत्सर्जन (कार्बन न्युट्रल) उन्मुख एअरलाइन्स भएको छ । संयुक्त राष्ट्रसंघीय विकास काक्रर्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा यतीले शुक्रबार राजधानीमा एउटा कार्यक्रम आयोजना गर्दै कार्बन न्युटरल एयरलाइन्सका रूपमा रूपान्तरण गर्ने कार्यको थालनी गरिएको जनाएको छ ।

कार्बन न्युटरल भनेको शून्य कार्बन उत्सर्जन गर्ने अभियान हो । तारा एयरका ६ वटासहित १४ वटा जहाज उडान गर्दै आएको यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राईका अनुसार नागरिक उड्डयन प्राधिकरण र राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा यती एअरलाइन्स कार्बन न्युट्रलको दिशामा अघि बढ्ने नेपालकै पहिलो वायुसेवा हो । हाल यो अभियान यतीमा लागू भइसकेको छ भने तारामा सुरु भइसकेको छैन ।

‘नेपालमा यो नयाँ विषय हो, धेरैलाई यसबारे जानकारी नै छैन,’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने । उनले यतीको यस निर्णयले उड्डयन क्षेत्रलाई वातावरणमैत्री बनाउने तथा हरित गृह ग्यास कम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासमा योगदान पुर्‍याउन मद्दत हुने बताए ।

विश्वभर हुने कुल कार्बन उत्सर्जनमा हवाई यातायात क्षेत्रको हिस्सा २ प्रतिशत हाराहारी छ । प्रारम्भिक तथ्यांकअनुसार सन् २०१७ मा यती एअरलाइन्सले १८ हजार १ सय ३३ टन कार्बन उत्सर्जन गरेको थियो । यसको मुख्य स्रोत यसका वायुयानहरूले प्रयोग गर्ने इन्धन थियो । ‘यत्रो कार्बन न्युट्रलाइज गर्न ४ लाख ७० हजार रूख बिरुवालाई दस वर्षको समय अवधि लाग्छ,’ यतीले विज्ञप्तिमा भनेको छ ।

सन् ०१६ को दाँजोमा यसले ०१७ मा प्रति यात्रु ७ प्रतिशत र प्रतिकिमि ११ प्रतिशतका दरले कार्बन उत्सर्जन घटाएको दाबी गरेको छ । यसको जाँच यूएनडीपीले गर्ने गर्छ । कार्बन उत्सर्जन घटाउन यतिले जहाज (जेटस्ट्रिम) लाई हटाउँदै एटीआर विमान थप्ने, कम्पनीमा प्रयोग हुने कागज, हवाई उपकरण पुनप्र्रयोग गर्ने, हरेक वर्ष देशका विभिन्न भागमा रूख रोप्ने अभियान चलाउँदै आएको छ ।

प्रकाशित : माघ १५, २०७४ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?