कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रसुवागढीमा एकीकृत चेकपोस्ट

रसुवा — रसुवागढी सीमामा शुक्रबारदेखि एकीकृत चेकपोस्ट सञ्चालनमा आएको छ । प्रिफयाब भवन निर्माण भएपछि चेकपोस्ट संचालनमा आएको हो । सीमामा रहेका सुरक्षा चेकपोस्ट, भन्सार र अध्यागमन कार्यालयमा भूकम्पले क्षति गरेको थियो । 

भूकम्प गएको ३२ महिनापछि भन्सार सुधार कार्यक्रमअन्तर्गत १ करोड ७ लाखको लागतमा ३ कोठे प्रिफयाब भवन निर्माण गरिएको हो । ६६ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर शुक्रबारदेखि उक्त भवनमा एकीकृत चेकपोस्ट सञ्चालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले एकीकृत चेकपोस्टको उद्घाटन गरेका हुन् । निर्माण गरिएको एकीकृत चेकपोस्टमा अध्यागमन, भन्सार र सुरक्षा निकायका नेपाल प्रहरी र सशस्त्र प्रहरी रहने रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताए । उनले भने, ‘एक–एक वटा कोठामा अध्यागमन, भन्सार र सुरक्षा निकायका नेपाल प्रहरी र सशस्त्र प्रहरी रहनेछन् ।’ नाका प्रवेश गर्ने बित्तिकै अध्यागमन र भन्सार कार्यालय हुनुपर्छ । सीमामा एकीकृत चेकपोस्ट सञ्चालन भएसँगै भन्सार तथा अध्यागमन कार्यालय खोज्दै हिँड्नुपर्ने बाध्यता हटेको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए ।

प्रकाशित : माघ १५, २०७४ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?