कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

इन्टरनेट बैंकिङ सुरु गर्दै कृषि विकास बैंक

काठमाडौँ — कृषि विकास बैंकले इन्टरनेट बैंकिङ सुरु गर्ने भएको छ । आधुनिक बैंकिङ प्रयोगमा ल्याउने प्रक्रियाअन्तर्गत छिट्टै इन्टरनेट बैंकिङ पनि सञ्चालनमा ल्याउन लागिएको कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलालले बताए ।

इन्टरनेट बैंकिङ सुरु गर्दै कृषि विकास बैंक

बैंक ५१ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी अधिकृत सिटौलाले यस्तो बताएका हुन् । हाल बैंकले एटीएम र मोबाइल बैंकिङ सेवा दिइरहेको जनाउँदै उनले भने, ‘छिट्टै इन्टरनेट बंैकिङ पनि सुरु गर्दै छौं ।’ पछिल्ला वर्षहरूमा बैंक सबै पक्षबाट सलब र प्रतिस्पर्धी बन्दै गएको सिटौलाले दाबी गरे । ‘गत वर्षको तुलनामा यो वर्ष बैंकको सञ्चालन खर्च बढे पनि बैंक आधुनिक बैंकका रूपमा स्थापित भइसकेको छ,’ उनले भने । गत मंसिरसम्म बैंकको कर्जा प्रवाह ४२ अर्ब ७४ करोड, साँवा असुली ४० अर्ब २८ करोड, ब्याज असुली ४ अर्ब ९४ करोड र निक्षेप संकलन ९६ अर्ब ४८ करोड रुपैयाँ छ । गत वर्षको सोही अवधिको तुलनामा निक्षेप ९ प्रतिशतले र कर्जा प्रवाह ८ प्रतिशतले बढेको बैंकले जनाएको छ ।

प्रकाशित : माघ ४, २०७४ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?