३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

यम पञ्चक सुरु : धनतेरसमा पाँच करोड बढीको सुनचाँदी बिक्री

श्यामसुन्दर शशी

जनकपुर — दशैंपछिको दोश्रो महत्वपूर्ण पर्व यमपञ्चक सुरु भएको छ । यमपञ्चकको पहिलो दिन मंगलवार धनतेरस पर्व सम्पन्न भएको छ । यस अवसरमा सुन, चाँदी, तामा, पित्तललगायतका धातु खरिद गर्ने परम्परा छ

यम पञ्चक सुरु : धनतेरसमा पाँच करोड बढीको सुनचाँदी बिक्री

। जनकपुरमा ५ करोड अधिक मूल्य बरावरको सुन र चाँदीको बिक्री भएको सम्बद्ध बिक्रेताहरुले जनाएका छन् ।

लक्ष्मीपूजाको पूर्वसन्ध्यामा मनाइने यस पर्वको अवसरमा धातु तथा धातु निर्मित भाडा– वर्तन, गर–गहना खरिद गर्दा शुभ लाभ हुने मान्यता छ । 

न्यु महालक्ष्मी ज्वेलर्सका संचालक पवन साहका अनुसार धनतेरसको अवसरमा जनकपुर बाजारमा साढे तीनदेखि चार किलोसम्म सुन तथा १ क्वीन्टलसम्म चाँदी बिक्री भएको बताउँछन तर बलराम ज्वेलर्सका संचालक बलरामप्रसाद साह यस अवसरमा ५ किलोसम्म सुनको व्यावसाय हुने गरेको बताउँछन् ।

बलराम साहका अनुसार धनतेरसका दिन सुनचाँदी खरिद गर्दा शुभ हुने मान्यताका कारण यस अघि अर्डर दिएका क्रेताहरु पनि यस दिन गर गहनाको डिलेभरी लिने गरेका छन् ।

जनकपुरका एक सय बढी सुनचाँदीको पसलमा मंगलवार बिहानैदेखि क्रेताहरुको भीड लागेको थियो ।

सुनचाँदी खरिद नगर्नेहरु पित्तल, तामा वा स्टिलका भाडा वर्तनहरु खरिद गर्छन् । यसैगरी, धनतेरसको दिन खरिद गरिएको लक्ष्मी, गणेश आदिको मूर्ति लिएर लक्ष्मीपूजा गर्ने परम्पराका कारण मंगलवार भाडा वर्तन तथा मूर्ति पसलहरुमा पनि क्रेताको उल्लेख्य भीड थियो । यस अवसरमा जानकी मन्दिर बाहिर माटोको कलात्मक मूर्ति बजार नै लागेको छ ।

यता आर्युवेदका संस्थापक भगवान धनन्वतरी जयन्तीको अवसरमा मंगलवार चिकित्सक तथा औषधी व्यावसायीहरुले विशेष पूजा गरेका छन् ।

 

प्रकाशित : आश्विन ३१, २०७४ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?