कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एम्कोले भित्र्यायो नयाँ ब्याट्री

काठमाडौं — एम्को ब्याट्रीले नयाँ ब्याट्रीहरू बजारमा ल्याएको छ । बजारमा ल्याइएको ब्याट्रीहरूमा एम्को म्याक्सलास्ट, एम्को सुपर स्टार्ट, एम्को अल्ट्रा लाइप, एम्को नेक्सजेन र एम्को इन्डुरा ब्रान्ड रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

बिक्रेता बौद्ध इन्टरप्राइजेजले एम्कोका उत्पादनहरूबारे जनचेतना फैलाउन वेब तथा मोबाइल एप्सका साथै लोयल्टी आधारित खुद्रा व्यापार उपहार कार्यक्रमसमेत सुरुवात गरेको जारी विज्ञप्तिमा छ । 

 
जनता र सिद्धार्थको एकीकृत कारोबार
जनता बैंक नेपाल लिमिटेडले साविकको सिद्धार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर चिन्तामणि सिवाकोटीले एकीकृत कारोबारको शुभारम्भ गरेको जारी विज्ञप्तिमा उल्लेख छ । सिद्धार्थ डेभलपमेन्ट बैंक प्राप्तिपश्चात् जनता बैंकको चुक्ता पुँजी करिब ७ अर्ब, बैंकको निक्षेप परिचालन करिब ५० अर्ब र कर्जा ४५ अर्ब पुगेको जनाएको छ । पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्म देशका सहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरूमा ११३ शाखा, १८ वटा शाखारहित बैंकिङ र ६७ वटा एटीएमहरूमार्फत सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ । 

सांग्रिला र कसमसको संयुक्त कारोबार 
सांग्रिला डेभलमेन्ट बैंकले गोरखामा प्रधान कार्यालय रहेको कसमस डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको छ । बैंकले असार ३० गते शुक्रबार एकीकृत रूपमा कारोबार सञ्चालन गरी औपचारिक प्राप्ति गरेको जारी विज्ञप्तिमा छ । सांग्रिलाका अध्यक्ष प्राडा. रवीन्द्रप्रसाद श्रेष्ठ तथा कसमसका अध्यक्ष प्राडा. टेकनाथ ढकालले संयुुक्त रूपमा एकीकृत कारोबारको शुभाराम्भ गरेको जनाइएको छ ।

प्रकाशित : श्रावण २, २०७४ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?