१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

जलविद्युत् र बिमाले घटाए नेप्से

काठमाडौं — सेयर बजार परिसूचक नेप्से बुधवार ८ दशमलव ५६ अंकले घटेर १५ सय २३ दशमलव ५६ मा झरेको छ । अघिल्लो दिन नेप्से सवा ५ अंकले बढेको थियो । बुधबार जलविद्युत् र बिमा समूहको परिसूचक धेरैले घटेपछि समग्र नेप्सेमा दबाब परेको हो ।


 
अघिल्लो दिन जलविद्युत् समूहको परिसूचक करिब साढे ९ प्रतिशतले बढेको थियो । अघिल्लो दिन उच्च अंकले बढेको मूल्यमा केही अल्पकालीन लगानीकर्ताले मुनाफा सुरक्षणका लागि बुधबार जलविद्युत् कम्पनीका सेयर बिक्री चाप बढाएका थिए । यही कारण उक्त समूहको परिसूचक सबैभन्दा धेरै ३ दशमलव १२ प्रतिशतले घटेको हो ।

अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकममा १२ करोड रुपैयाँले कमी आएको छ । ५ हजार ९ सय ७५ वटा कारोबारबाट १ सय ३१ कम्पनीका २३ लाख ५१ हजार १ सय ३३ कित्ता सेयर किनबेच भए । उक्त किनबेचबाट १ अर्ब २२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

बजार पुँजीकरण १६ खर्ब ४३ अर्ब रुपैयाँमा झर्‍यो । कारोबारमा आएका कम्पनीमध्ये ३८ कम्पनीको सेयर मूल्य बढ्यो, ८३ कम्पनीको घट्यो र १० कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
 
होटल समूहको परिसूचक ० दशमलव ९६ प्रतिशत र वित्त कम्पनीको परिसूचक ० दशमलव ०४ प्रतिशतले सकारात्मक रहे ।

बिमा समूहको परिसूचक १ दशमलव २९ प्रतिशतले घट्यो । यस्तै उत्पादन तथा प्रशोधन समूहको परिसूचक ० दशमलव ६३ प्रतिशत, बैंकिङको ० दशमलव ३३ प्रतिशत, विकास बैकको ० दशमलव १२ प्रतिशतले र ‘अन्य’ का ० दशमलव १५ प्रतिशत घटे ।

प्रकाशित : जेष्ठ २०, २०७३ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?