क्यानमा आईसीटी सम्मेलन हुने- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्यानमा आईसीटी सम्मेलन हुने

कान्तिपुर संवाददाता

काठमाडौ — सूचना प्रविधिको महामेला आईसीटी इन्फोटेकका अवसरमा कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले क्यान आईसीटी सम्मेलन गर्ने भएको छ ।


क्यान इन्फोटेक  पुस १८ देखि २३ गतेसम्म भृकुटीमण्डपमा हुँदैछ । 'मोबाइल टेक्नोलोजी फर स्मार्ट सोसाइटी' मूल विषयमा सम्पन्न हुन लागेेको सम्मेलनमा मोबाइल टेक्नोलोजीमा नवीनतम प्रविधि तथा भ्यालु एडेड सर्भिसेस, एम-गभर्नेन्स, एम-कमर्स र पेमेन्ट, एम-बैंकिङ, एम-एजुकेसन विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् । सामाजिक परिवर्तनमा मोबाइल टेक्नोलोजीको भूमिका विषयमा समूहगत छलफल समेत गरिनेछ ।
दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा मोबाइल मेडिया विज्ञ डा. मदनमोहन राव प्रमुख वक्ताका रूपमा रहने छन् । सम्मेलनको पहिलो दिन मोबाइल इन्नोभेसनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्ताहरूबाट बहस चलाइनेछ ।
 

प्रकाशित : पुस १५, २०७० १०:२६
प्रतिक्रिया
पठाउनुहोस्

हस्तक्षेप भयो: एक्यान

कान्तिपुर संवाददाता

काठमाडौ — लेखापरीक्षण गरेको आधारमा एभरेस्ट इन्स्योरेन्सका दुई लेखापरीक्षकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गर्नु हस्तक्षेप भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले जनाएको छ ।


चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३ अनुसार स्थापित नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था देशमा लेखा तथा लेखापरीक्षण व्यवसायको विकास, विस्तार तथा नियमन गर्ने अधिकार प्राप्त एक मात्र नियामक निकाय रहेकाले कैफियत देखिए उसैले कारबाही गर्नुपर्ने कानुनी व्यवस्था रहेको संघले उल्लेख गरेको छ । 'देशमा रहेका विभिन्न निकायले कुनै पनि नागरिकउपर जाँच गर्न पाउने अधिकार अविच्छिन्न रहेकामा विवाद रहँदैन,' संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'तर कुनै लेखापरीक्षक उपर पेसागत कार्य सम्पादन सम्बन्धमा जाँचबुझ, अनुसन्धान तथा कारबाही गर्ने अधिकार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा निहित रहेको स्पष्ट व्यवस्था नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३ को दफा ११, १४(४), ३५(१) तथा नियमावलीको नियम ८०, ८१ तथा ८३ मा रहेको प्रस्ट गराउन चाहन्छौं ।'
लेखापरीक्षणका कार्य सम्पादन लेखापरीक्षणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूल्य मान्यता तथा लेखापरीक्षणसम्बन्धी विभिन्न ऐन नियमबमोजिम स्वतन्त्र नियमक निकायको अधिकारमा हस्तक्षेप भएको संघले जनाएको छ ।

प्रकाशित : पुस १५, २०७० १०:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×