३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

हेटौंडाको दूध पोखरामा

हेटौंडा — हेटौंडा दुग्ध वितरण आयोजनाले संकलित दूध पाउडर बनाउन पोखरा पठाउन थालेको छ । दुग्ध वितरण आयोजनाले दैनिक १० हजार लिटर दूध पोखराको सुजल डेरीलाई पाउडर बनाउन पठाउन थालेको हो ।
उक्त पाउडर दूध आफैंले लिने गरी पोखरा पठाएको आयोजना प्रमुख सरोज सिम्खडाले बताए ।

हेटौंडा दुग्ध वितरण आयोजनाले संकलित दूध पाउडर बनाउन पोखरा पठाउन थालेको छ । दुग्ध वितरण आयोजनाले दैनिक १० हजार लिटर दूध पोखराको सुजल डेरीलाई पाउडर बनाउन पठाउन थालेको हो ।
उक्त पाउडर दूध आफैंले लिने गरी पोखरा पठाएको आयोजना प्रमुख सरोज सिम्खडाले बताए । 'पाउडर बनाउन पोखरा नपठाए मिल्क होलिडे गर्नुपर्ने हुन्छ,' उनले भने, 'त्यस्तो अवस्था टार्न पाउडर बनाउन पोखरा पठाएका हौं ।'
हेटौंडा दुग्ध वितरण आयोजनाले सर्लाही, रौतहट, बारा, पर्सा र मकवानपुरबाट अहिले दैनिक ४० हजार लिटर दूध संकलन गर्ने गरेको छ । पुस महिनामा अझ दूधको संकलन बढ्छ । आयोजनाले संकलित दूधमध्ये २० हजार लिटर काठमाडौं पठाउने गरेको छ भने १० हजार लिटर स्थ्ाानीय रूपमा खपत हुने गरेको छ । बाँकी १० हजार लिटर पाउडर बनाउन पोखरा पठाउने गरेको हो ।
'अफ सिजन' मा प्रयोग गर्ने उद्देश्यले पाउडर बनाएर राख्न पोखरा पठाएका हौं, आयोजना प्रमुख सिम्खडाले भने । भारतबाट खरिद गरेर ल्याउनुभन्दा यहीँ बनाएको दूधको पाउडर सस्तो पर्ने र मिल्क होलिडे पनि गर्न नपर्ने भएकाले पोखराको सुजल डेरीसँग आयोजनाले सम्झौता गरेको हो । दूधको सिजन सुरु भएकाले दुग्ध विकास संस्थानले भारतको पटनाबाट दूध आयात गर्न रोकेको छ । मागअनुसार दूध आपूर्ति गर्न नसकेकाले संस्थानले पटनाबाट दैनिक ४० हजार लिटर दूध आयात गर्दै आएको थियो । गत महिनादेखि दूधको आयात बन्द गरेको छ ।




प्रकाशित : पुस १४, २०७० ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?