कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९
विश्व श्रवण दिवस

कानको हेरचाहमा हेलचक्‍य्राइँ

कोपिला हुमागाईँ

काठमाडौँ — मार्च ३ लाई विशेष गरी विश्वभरी कानको हेरचाह र सुनाई सुरक्षा सम्बन्धमा विभिन्न्न चेतना मुलक कार्यक्रम हरुका साथ अभियान हरु सञ्चालन हुने गर्दछ ।विश्व स्वास्थ्य संगठनद्वारा 'विश्व कान हेरचाह दिन' भनेर सन्२००७ मार्च ३ देखि औपचारिक रुपमा श्रवण दिवस मनाउन थालिएको थियो ।

कानको हेरचाहमा हेलचक्‍य्राइँ

सन् २०१६ मार्च ३ देखि भने विश्व श्रवण दिवस भन्न थालियो । विश्वभर नै विभिन्न संघसंस्था तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायहरुले विभिन्न कार्यक्रम गरेर ३ मार्चलाई विश्व श्रवण दिवसको रुपमा मनाउने गर्दछन् । विश्व स्वास्थ संगठनले मार्च महिनाभर नै विश्व श्रवण महिनाको रुपमा विभिन्न अभियानहरु सञ्चालन गर्ने गर्दछ । आज पनि 'जीवन सुन्नका लागि, ध्यानपूर्वक सुनौं' भन्ने नारा का साथ विश्वभर श्रवण दिवस मनाईदै छ ।

। नेपालमा पनि स्वास्थ क्षेत्रमा कार्यरत केही संघ संस्थाहरु र स्वास्थ्यकर्मीहरु मिलेर यो दिवस मनाउने गरेता पनि उपयुक्त सञ्चार प्रविधिको अभावमा श्रवण दिवस सुनाई अपाङ्गता भएका व्यक्तिहरु माझ अझै पुग्न सकेको छैन । सर्वसाधारणहरु पनि यसबाट टाढै रहेका छन् । यसो हुनुको पछाडी नेपालमा सुनाई अपाङ्गता भएका व्यक्तिहरुको लागि उपयुक्त सञ्चार सहयोगी सामग्री (श्रवण यन्त्र) तथा सूचना प्रविधि र सञ्चारका सहयोगी सेवाहरु( क्याप्सनिङ्ग, नोटेकर) को व्यवस्था गरिएको पाईदैन । र अर्कोतिर आम मानिसहरुमा चेतनाको कमि हुनु, कानको हेरचाह र सुरक्षालाई महत्व नदिनु, हेलचेक्रयाँई गर्ने प्रवृत्ति रहेको छ । राज्यका निकाय र नीति निर्माताहरुको यतातिर ध्यान पुग्न सकेको छैन ।

कानमा देखिने समस्या हेर्दा सामान्य लाग्छ । तर यसले मानिसको पुरा जीवन नै प्रभाव पार्दछ । मानिसको शरिरमा हरेक अंगको बराबरी भूमिका हुन्छ । तर हाम्रो सन्दर्भमा भन्ने हो भने हामी आँखालाई जति संवेदनशिल अंगको रुपमा हेर्छौं, कानलाई त्यति संवेदनशिल अंगको मान्दैनौं । त्यसैले कानको हेरचाहलाई त्यति महत्व दिएको पाईदैन ।

विद्यालयहरुमा साना बालबालिकाहरुको भर्ना गर्ने बेलामा आँखाको परिक्षणलाई अनिवार्य गरिएको ठाउँमा पनि कानको परिक्षण गरिदैंन। कानमा समस्या देखिने वित्तिकै धेरैजसो व्यक्तिहरु अझैपनि घरेलु औषधीको प्रयोग गर्दछन् । शिक्षित भनिने व्यक्तिहरु पनि डाक्टरको सल्लाह सुझाव लिन र हस्पिटल जान झन्झटिलो मान्छन् । सुरुमा घरेलु औषधिको प्रयोग गरि हेरौं न त भन्ने मनसायले घरेलु औषधिको प्रयोग गर्दछन् । जथाभावी औषधिको प्रयोगले कानमा घाउ हुने, पाक्ने जाली प्वाल पर्ने समस्याहरु देखा पर्दछन् । अन्त्यमा सुनाई क्षमता नै गुम्न पुग्दछ।

वास्तवमा भन्नेहो भने आँखा जति संवेदनशिल अंग हो कान पनि त्यस्तै हो । केलरले भनेका छन्- 'जब कोही व्यक्तिले देख्ने क्षमता गुमाउँछ उ वस्तुबाट टाढा रहन्छ भने जब कोही व्यक्तिले सुन्ने क्षमता गुमाउँछ उ वस्तु तथा व्यक्ति दुवै बाट टाढा रहन्छ ।' व्यक्तिको सानो गल्तीले कानमा दिर्घकालिन असर पर्न गई आफ्नो र आफ्ना हरुको सुनाई क्षमता गुम्न सक्दछ। त्यसैले कानको हेरचाहलाई झन्झटिलो नमानौं । समयमै कानको हेरचाह र कानमा देखिएको समस्याको उपचार गरौं । सुनाई क्षमता लाई जोगाईराखौं ।

सुनाई अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त सूचना प्रविधिको प्रयोग र सहयोगी यन्त्र (श्रवण यन्त्र)व्यवस्थापनमा राज्यको ध्यान केन्द्रित हुनुपर्छ । कान हेरचाह र सुरक्षा सम्बन्धी कार्यक्रमहरुमा राज्यले विषेश लगानी गर्नुपर्छ । पहुँचयुक्तताको अभावमा सुनाई अपाङ्गता भएका व्यक्तिहरुलाई सूचना बाट वञ्चित गराउन मिल्दैन ।

प्रकाशित : फाल्गुन १९, २०७८ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?