ब्लग

एक प्यालेस्टिनी शरणार्थीको पीडा

म त ‘होमलेस’ नागरिक हुँ । मेरो कुनै देश छैन । सन् १९४८ मा यहुदीहरु मेरो घरमा आए र हजुरबुवालाई दुई दिनको लागि घर खाली गरेर अन्यत्रै जानु भन्ने आदेश दिए । त्यसपछि त्यो घरमा कहिलै फर्कन दिएनन्’, पूर्व प्यालेस्टिनी नागरिक तथा इन्जिनियर मोहम्मदले भने ।

जेष्ठ ५, २०७८

वुहान सम्झेर रुनेहरूका लागि फर्किएको वसन्त

‘कुनै पनि नेताले जनतासमक्ष गरेका वाचाहरू पूरा गरेर देखाउनुपर्छ’ भन्ने चिनियाँ मान्यता छ। यसबारेमा भन्ने हो भने नेपालमा पनि यस्तै मान्यता छ, ‘गरेका वाचा निभाउनुपर्छ।’ सहकर्मी ललितासँग राजनीतिक वाचामा अडिग रहने नेतृत्वको चरित्रका विषयमा एउटा छायांकन चल्दै थियो।

वैशाख २९, २०७८

स्वास्थ्य संकटका बेला, सरकार कहाँ छ ?

भारतमा दुई महिना अघिदेखि कोरोना भाइरसको दोस्रो लहर फैलिन थाल्यो । भारतीयहरु उक्त दोस्रो लहर बेलायतबाट आफ्नो मुलुकमा छिरेको मान्छन् । 

वैशाख २०, २०७८

अझै पनि सोध्दैछन्, ‘चीनले कसरी नियन्त्रण गर्‍यो महामारी ?’

सामाजिक सञ्‍जाल ट्वीटरमा अहिले ‘स्पेस’ भन्ने फिचर लोकप्रिय छ। चिने/नचिनेका मानिसहरू एकै ठाउँमा भेला भएर विचार आदानप्रदान गर्न पाइने भएकाले कतिपय विचारोत्तेजक कुराहरू पनि सुन्न सकिन्छ। जब यो पंक्तिकारको प्रवेश हुन्छ, चिनजानका साथीहरूले ‘चाइनिज भाइरस’ भनेर स्वागत गर्छन् ।

वैशाख १३, २०७८

रिपोर्टरको डायरी : मास्कले छोपिएको पीडा

‘माफ गर्नुहोला, तपाइँको बिरामी राख्‍ने बेड छैन’, स्वास्थ्यकर्मीको धर्मअनुसार यस्तो तीतो जवाफ फर्काउन मिल्दैन । तर, परिस्थिति यस्तै छ, नचाहँदा–नचाहँदै पनि रुखो बोल्नुपर्ने । आँखा वरिपरि अनिद्राका कारण काला धर्सै–धर्सा छन् ।

वैशाख ९, २०७८

कोरोनाले उदांगियो ‘मोदी मोडल’

बुधबार साँझ दिल्लीमा अध्ययनरत एकजना नेपाली विद्यार्थी भाइले आत्तिँदै फोन गरे । उनलाई केही दिनदेखि कोरोना संक्रमणका लक्षण देखिएको रहेछ । बुधबार बिहानदेखि भने सास फेर्न गाह्रो हुन थालेछ । सँगै खोकी लाग्ने र अक्सिजनको स्तर पनि घट्न थालेछ । अवस्था चिन्ताजनक भन्ने बुझेर सबैले तत्कालै अस्पताल पुर्‍याउने निधो गरियो । एम्बुलेन्स पनि आयो । तर, दिल्लीका कुनै पनि अस्पतालमा बेड नै थिएन ।

चैत्र ३०, २०७७

अनुभव : कोभिड-खोप-कोभिड

डा. अनन्त श्रेष्ठ दोस्रो पटक कोरोना संक्रमण भएका कारण आइसोलेसनमा छन् । उनी अल्का अस्पताल, जावलाखेलमा कार्यरत कलेजो रोग विशेषज्ञ हुन् । उनलाई पहिलो पटक संक्रमित हुँदाभन्दा दोस्रो पटक धेरै लक्षणहरु देखिएका छन् । कोरोना खोप लगाएको ८ हप्ता बढी भएपनि उनलाई दोस्रो संक्रमण छोराबाट सरेको हो । उनको कोरोना अनुभव उनकै शब्दमा :

चैत्र २६, २०७७

बाघको पाइला पछ्याउँदै निकुञ्जमा...

फेरि बर्दियामा बाघले मान्छे खायो । पछिल्ले समय बर्दियाबाट आउने तातो खबर हो । यही साता पनि एक गैंडा गणकलाई बाघले मार्‍यो । त्यो बाघलाई नियन्त्रणमा लिएर ललितपुर चिडियाखानामा सारिएको छ ।

माघ २८, २०७७

‘सुरुङभित्र ८ घण्टा जिन्दगी यत्ति नै हो भनेर गीत गाएर बस्यौं’

मेरो घर प्यूठान जिल्लाको गौमुखी गाउँपालिका ३ हो । तीन वर्ष भयो यहाँ काम गर्न आएको । तपोवनको एनटीपीसीको बिजुली आयोजनामा वेल्डिङको काम गर्दै आएको थिएँ । २५ जना नेपाली काम गर्थ्यौं

माघ १३, २०७७

जब नर्भिकले संक्रमित नभए पनि गर्भवतीलाई संक्रमित भन्दै डिस्चार्ज गरिदियो...(ब्लग)

सन्तान प्राप्ति कुनै पनि बुवाआमाका लागि निकै अविस्मरणीय क्षण हुन्छ । केही महिनाअघि म दोस्रोपटक बुवा बनें । त्यो क्षण मेरो लागि अविस्मरणीय नै बन्यो । तर, मैले उक्त अमूल्य क्षणका लागि गरेको तयारी सुखद् नभई धेरै हिसाबले दुखद् भइदियो ।