डा. अनन्त श्रेष्ठ दोस्रो पटक कोरोना संक्रमण भएका कारण आइसोलेसनमा छन् । उनी अल्का अस्पताल, जावलाखेलमा कार्यरत कलेजो रोग विशेषज्ञ हुन् । उनलाई पहिलो पटक संक्रमित हुँदाभन्दा दोस्रो पटक धेरै लक्षणहरु देखिएका छन् । कोरोना खोप लगाएको ८ हप्ता बढी भएपनि उनलाई दोस्रो संक्रमण छोराबाट सरेको हो । उनको कोरोना अनुभव उनकै शब्दमा :
फेरि बर्दियामा बाघले मान्छे खायो । पछिल्ले समय बर्दियाबाट आउने तातो खबर हो । यही साता पनि एक गैंडा गणकलाई बाघले मार्यो । त्यो बाघलाई नियन्त्रणमा लिएर ललितपुर चिडियाखानामा सारिएको छ ।
मेरो घर प्यूठान जिल्लाको गौमुखी गाउँपालिका ३ हो । तीन वर्ष भयो यहाँ काम गर्न आएको । तपोवनको एनटीपीसीको बिजुली आयोजनामा वेल्डिङको काम गर्दै आएको थिएँ । २५ जना नेपाली काम गर्थ्यौं
सन्तान प्राप्ति कुनै पनि बुवाआमाका लागि निकै अविस्मरणीय क्षण हुन्छ । केही महिनाअघि म दोस्रोपटक बुवा बनें । त्यो क्षण मेरो लागि अविस्मरणीय नै बन्यो । तर, मैले उक्त अमूल्य क्षणका लागि गरेको तयारी सुखद् नभई धेरै हिसाबले दुखद् भइदियो ।
जन्म–मृत्युका परिभाषा र आयामबारे व्याख्या गर्ने ल्याकत म राख्दिनँ । यो भने थाहा छ कि म जन्मेको हुँ र अवश्य मर्ने पनि छु । तर सामाजिक प्राणी भएका कारण पनि होला, हामी शाश्वत सत्यलाई पनि आफूअनुकूल हेर्दै व्यवहार गर्दा रहेछौं । अर्थात् जन्मँदा खुसी, मर्दा दुःखी ।
पुस दोस्रो साता नेपालको चारदिने भ्रमण गरेका चिनियाँ कम्युनिस्ट पार्टीको वैदेशिक विभागका नेताहरू चीन फर्किनेबित्तिकै १४ दिन होटल र अरू सात दिन होम आइसोलेसनमा बसे । नेपालको सत्तारूढ पार्टी नेकपामा दरार उत्पन्न भएपछि टोली पीपीई लगाएरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको थियो ।
सन् २०२० को बिदाइ क्षणलाई कसरी सिर्जनात्मक बनाउने ? मनमा कुरा खेल्दै थियो । दुई–चार दिनअघिदेखि नै योजना बनाउँदै थिएँ । समय र परिस्थिति अनुकूल भए एउटा राम्रो फोटो खिच्ने गरी मस्तिष्कमा स्केचहरू कोरेको थिएँ ।