जय मोबाइल !

सुलोचना गौतम

केही  समय अगाडि मैले कुनै पत्रिकामा एउटा लेख पढेको थिएँ । मोबाइल र यसले बच्चाहरुमा पारेको असरको सम्बन्धमा । शीर्षक थियो 'डिजिटल दुनियाँ' । शीर्षक देख्दै पढौं पढौं लाग्यो, पढ्दै गाएँ । रमाइलो लाग्यो ।

ZenTravel

तर यो त्यो समयको कुरा हो जब म अविवाहित थिए। मैले सोचें ठिकै त हो नि, यदि केटाकेटीलाई मोबाइलबाट मनोरञ्जन दिन सकिन्छ भने अविभावकको समय पनि बच्ने, केटाकेटीले पिराउने समस्याबाट मुक्त पनि होइने।

Meroghar

यस्तो व्यस्त जीवनमा समयको कत्रो महत्व छ। मोबाइलले समस्या समाधान गरिदियो, सजिलो भयो। तर आज मेरो विवाह भएको दुई वर्ष बित्न लाग्यो। सानो छोरो पनि छ। मलाई अच्चम लाग्छ कि, मेरो७ महिनाको छोरा मोबाइल बिना लिटो खाँदैन, दूध पिउँदैन। बल्ल मैले महसुस गरे कि अविभावकको लागि यो त बडो दुःखको विषय पो रहेछ।

हरेक आमाको इच्छा हुन्छ कि आफ्नो बच्चालाई खेलाइ/खेलाइ, हँसाइ/हँसाइ, कोखाइ/कोखाइ भनि खुवाउने। आजकालका केटाकेटीलाई आमाको कोखाइ/कोखाइ भन्ने शैली भन्दा ’बाबा ब्ल्याक सिप...’, ’व्हिल्स अन द बस...’ को संगीत प्रिय लाग्छ।

केही समय अगाडि प्रसुती गृहसँगै रहेको चमेना गृहमा चिया खान पसेँ। म भन्दा पछाडि दुईजना महिला एउटा सानो बच्चा बोकेर खाजा खाँदै थिए। झलक्क हेर्दा त्यो सानो बच्चा करिव दुई/तीन महिनाको जस्तो देखिन्थ्यो। बच्चा बेस्सरी रुन थाल्यो, दुवैले चुप लगाउन प्रयास गरे, तर केही सीप लागेन। त्यत्तिकैमा कसैको मोबाइलमा रिंगटोन बज्यो, बच्चो चुप लाग्यो। मलाई अजिब लाग्यो, मनमनै भने आम्मै ! उम्रिँदैको तीन पात !

हुन त स-साना केटाकेटीमा मात्र हैन, ठूला मानिसहरुमा पनि यो लागू हुन्छ। मेरो गर्भ ६/७ महिनाको हुँदा, जब पेटमा बच्चा चल्थ्यो तब मलाई कता कता दुखे जस्तो हुन्थ्यो अनि म श्रीमानलाई सुनाउँथे। उहाँले अब उसले सुत्छु भनेको हो के, उसलाई सुताउ भन्दै मोबाइल मा सिम्फोनी संगीत बजाएर मेरो पेट माथि राखिदिनु हुन्थ्यो। अच्चम को कुरा के छ भने जब बजिरहेको मोबाइल मेरो पेट माथि हुन्थ्यो उ सँगै म पनि आरामले निदाउँथे। ९ महिनासम्मै उहाँले त्यसै गर्नुभयो र म आरामले निदाउन थालें।

अलिकति हुर्केका र विद्यालय जाने उमेर भएका केटाकेटीको समस्या बेग्लै छ। उनीहरुले जानी सकेका छन् कि मोबाइलमा विविध प्रकारका गेम कसरी डाउनलोड हुन्छ। बिहान उठ्यो बाबाको मोबाइल, बेलुका आयो आमाको मोबाइल। राति सुत्ने समयमा पनि त्यहि गेम खेल्दाखेल्दै निदाउने, अथवा पटक्कै ननिदाउने। मोबाइल नदिए परको चिसो कुनामा गएर लम्पसार परिदिने। टोलाउने, एकोहोरो हुने, झर्किने आदि समस्या त छँदैछ। निद्रामा मोबाइलमै दिउँसो हेरेको कुरा बर्बराउने समेत देखिन थालेको छ। यही र यस्तै क्रम चल्दै जाने हो भने बाल मस्तिष्क घात हुने त छँदैछ, अरु डरलाग्दा समस्या जस्तैः एक्लै हाँस्ने, एक्लै रुने, बिनाकारण दुःखी देखिने, आमाबाबुको बेवास्ता गर्ने जस्ता समस्या पनि देखिने छ भन्नेमा अत्युक्ति नहोला।

मैले सामाजिक सञ्जालमा भेटेको एउटा सानो प्रसंग उल्लेख गर्न मन लाग्यो। एउटा बच्चाले आफ्नो हजुरबुबालाई सोधेका थिए- हजुरबुबा तपाईंहरुले समय कसरी बिताउनु हुन्थ्यो? त्यति बेला न मोबाइल थियो न इन्टरनेट न कम्प्युटर न ल्यापटप न च्याट हुन्थ्यो न स्काइप र भाइबरमा कुरा, कसरी बित्थ्यो समय हजुरबुबा? हजुरबुबाले उत्तर दिनुभयो- जस्तो अहिले तिमीहरुको समय बितेको छ, न पुजा छ न प्रार्थना, न मित्र छ न मित्रता, न सापटी न सहयोग, न आमाबुबालाई सम्मान, न इज्जत न आदर, न बोलीमा मिठास न विनम्रता। कसले त्यो पोष्ट गरेको थियो नाम त याद भएन तर त्यो पोष्टले मलाई धेरै गम्भीर बनायो। यसो सोचेँ हो त नि, के छ र अहिले पहिले जस्तो? प्रविधिले अन्धभक्त बनाएको दुनियाँमा कसलाई कसको मतलब ! हुँदाहुँदै मलामी जाँदै गरेको र हृवार-हृवार बल्दै गरेको चिताको तस्बिर समेत सामाजिक सञ्जालको भित्तामा देखिन थालेको छ। 'फलानोको मलामी जाँदै..' भन्ने क्याप्सनसहित देखिएका यस्ता तस्बिरमा हजारौं लाइक र कमेन्टका वर्षा हुन्छन्।

युवा पुस्ताहरुको कुरा बेग्लै छ। उनीहरु त काम होस् या नहोस् हरबखत ब्यस्त नै हुन्छन् . बसमा, बाटोमा, कलेजमा जुनसुकै स्थानमा। बाटोमा हिँड्दा दोस्रो मान्छेसँग ठोक्किँदा अनुहारमा समेत नहेरी ’सरी’ भनेर हिँड्ने युवावर्गलाई के भन्नु खै? टाढा जानै पर्दैन दुनियाँ यति धेरै डिजिटल भएछ कि घरको सदस्य खुसी भएको, दुःखी भएको वा निराश भएको कुरा समेत फेसबुकले बताउने रे ! लेखेको हुन्छ- फिलिंग स्याड, फिलिंग हृयाप्पी। अब हुँदाहुँदा सम्बन्धका कुरा समेत त्यसरी नै पो थाहा हुन थाले, फलानो इन रिलेसनासीप।

हुनत सामाजिक सञ्जाल अथाह समुन्द्र हो। यहाँ डुबुल्की मार्न सक्नेले गहिराइमा पुगेर मोती ल्याएका पनि छन् , डुब्न नसक्नेले पौडेको पौड्यै गरेका छन् न त मोती भेट्टाउछन् न त किनारमा फर्किएर बाहिर निस्कन सक्छन्।

अझ घर बस्ने गृहिणीहरुको व्यथा बेग्लै छ। श्रीमान घर आउने समय हेर्दै बसेका उनीहरुका श्रीमान घर त आउँछन् , तर आफ्नो आँखालाई स्मार्ट फोनमा लिन गराँउदै। अस्ती भर्खरको कुरा हो साँझपख ढोकाको घन्टी बज्यो अनि म दौडिँदै ढोका खोल्न गएँ, ढोका खोलेँ। उहाँ (श्रीमान) आउनुभएको रहेछ। उहाँको आँखा हातको मोबाइलमा थियो। करिब १ मिनेट जति म ढोका खोलेर बसेँ, उहाँको ध्यान अझै मोबाइल मै छ। केही छिन पछि पुलुक्क मतिर हेरेर भन्नुभयो, 'ए ! ढोका खोल्यौ?' मैले भने, 'अघि नै खोलेर कुरिरहेको छु।'

ल अब के गर्न सकिएला त ! सम्पूर्ण जगत नै स्मार्ट फोनको दुनियाँमा लिप्त भएपछि। सबैले आफ्नो पनि खल्ती छाम्दै ए ... मसँग पनि छ नि स्मार्ट फोन भन्दै दंग पर्ने बाहेक अर्को कुनै उपाय छैन। जय मोबाइल !

प्रकाशित : माघ १४, २०७६ १८:५६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जब ओलीको 'धक्का' देउवाले बुझेनन् ...

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाको मंगलबारको बैठकको अध्यक्षता नवनिर्वाचित सभामुख अग्नि सापकोटाले गरे । उनले अध्यक्षता गरेको पहिलो बैठकमा शुभकामना दिने कार्यसूची तय भएको थियो ।

मंगलबार बिहान बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिले क-कसले शुभकामना दिने भनेर टुंगो लगायो। जसमा सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखमा निर्वाचित भएका सापकोटालाई बधाई तथा शुभकामना दिने तय भयो। त्यसपछि संसदको प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बधाई तथा शुभकामना दिने भए।

सभामुख सापकोटालाई शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले समसामयिक विषयमा चर्चा गरे। त्यसै क्रममा उनले भिजिट नेपाल२०२० को कुरा उठाए। उनले भने, 'नयाँ वर्ष २०२०लाई हामीले नेपाल भ्रमण वर्षको रूपमा अगाडि सारेका छौं। यसमा सुरुमै हामीलाई केही धक्काका संकेत,प्रकृतिक हिसाबले देखा परेका छन्। जसलाई हामीले सावधानीपूर्वक सामना गर्नुपर्नेछ। सरकार त्यसको तयारीमा लागेको छ।'

प्रधानमन्त्रीले ती प्राकृतिक धक्का के हुन् केही भनेनन्। तर,बढी पर्यटक आउने मुलुक चीनमा फैलिएको कोरोना भाइरसको प्रकोपतर्फ उनले संकेत गरेको अनुमान गरियो।

लगत्तै बोलेका प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सभामुखलाई शुभकामना दिँदै विभिन्न विधेयकलाई लिएर सरकारको आलोचना गरे। सरकारको आलोचना गर्ने कुर्सीमा रहेका उनले प्रधानमन्त्रीले एकछिन अगाडि भनेको'धक्का'शब्दलाई लिएर पनि आलोचना गरे।

'प्रधानमन्त्रीले धक्काको कुरा गर्नुभएको छ। धक्का आउँदैछ रे ! के धक्का हो यो?कहाँबाट आउँदैछ?,'आफूतिर हेरिरहेका प्रधानमन्त्रीलाई हेरेर देउवाले थपे, 'धक्का भन्नेनयाँ शब्द सुनेँ मैले आज। ठूलो धक्का आउँछ रे नेपालमा। कसले धक्का दिनेवाला छ,हामीले पनि थाहा पाउनु पर्‍यो। हामी सहयोग गर्न तयार छौं। कसले धक्का दिनसक्छ?हामी पनि हेरौं। तर धक्का कसले दिँदैछ प्रधानमन्त्रीले बोल्नु भएको छैन।'देउवाले यसो भनिरहँदा कांग्रेस सांसदहरू टेबुल ठोकिरहेका थिए।

तर,ओलीले स्पष्टसँग भनेको'धक्का'देउवाले अर्कै अर्थमा बुझेको स्पष्ट थियो।

सम्बन्धित समाचारः

प्रकाशित : माघ १४, २०७६ १८:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×