कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

धूमपानको खतरा

कुनै पनि एकल रोगभन्दा बढी मृत्युकारक रोग निम्त्याउने पदार्थ धूमपान हो । यसले २५ किसिमका रोग प्रत्यक्ष किसिमले निम्त्याउँछ भने दुई तिहाइजति क्यान्सर गराउँछ । सुर्ती सेवनले हानिकारक असर नपार्ने शरीरको कुनै पनि अंग, तन्तु छैन ।

धूमपानको खतरा

सुर्तीजन्य पदार्थले अल्पकालीन तथा दीर्घकालीन गरी थुप्रै रोगहरू लगाउँछ । ३० वर्षको धूमपानकर्ता र ४२ वर्षको धूमपान नगर्नेले १६ किलोमिटर बराबर समयमा पूरा गर्छन् । १ चुरोटले प्रतिदिन ४० सेकेन्ड दौडने क्षमता कम गराउने वैज्ञानिक पुष्टि पनि छ । धूमपानमा भएका करिब ६० वटा क्यान्सर लगाउन सक्ने तत्त्व अर्थात् कार्सिनोजनले शरीरका विभिन्न अगंप्रत्यंगमा क्यान्सर लगाउन सक्छन् ।

सामान्य व्यक्तिलाई भन्दा धूमपानको अम्मलीलाई २ गुणा बढी छालाको क्यान्सर– मेलानोमा, पाठेघर, स्तन तथा मूत्रथैलीको क्यान्सर, २२ गुणा बढी फोक्सोको क्यान्सर, २ गुणा बढी जिब्रोको क्यान्सर, ६–२७ गुणा बढी मुख, र्‍याल ग्रन्थी र श्वासनलीको क्यान्सर, १२ गुणा बढी घाँटीको क्यान्सर हुन्छ । त्यस्तै १०–१८ गुणा बढी भोजन नलीको क्यान्सर, २–३ गुणा बढी आमाशयको क्यान्सर, ५ गुणा बढी मिर्गौलाको क्यान्सर, २–५ गुणा बढी प्यान्क्रियाजको क्यान्सर, ३ गुणा बढी आन्द्रा तथा ५–६ गुणा बढी गुदद्वारको क्यान्सर हुने सम्भावना रहन्छ । चुरोटबाट निस्कने धूवाँमध्ये २५ प्रतिशत धूमपान गर्ने व्यक्तिले लिन्छ र ७५ प्रतिशत हावामा फ्याँक्ने गर्छ, जुन अन्यले सेवन गर्छन् । हावामा फालिएको धूवाँमा धूमपान गर्ने व्यक्तिले तानेको धूवाँमा भन्दा २ गुणा निकोटिन, ३ गुणा कार्बन टार, ५ गुणाभन्दा बढी कार्बन मोनोअक्साइड र ५० गुणाभन्दा बढी क्यान्सरजन्य रसायन हुन्छन् । फलस्वरूप निष्क्रिय धूमपानकर्ता पनि थुप्रै प्राणघातक रोगहरू लाग्ने जोखिममा रहन्छन् ।

हुक्का सेवन गर्नेमा ८२.३ र ई–सिगरेट सेवन गर्नेमा ९१.६ प्रतिशत अर्थात् अधिकांश ४० वर्ष कमका छन् । जीवनको कुनै पनि बिन्दुमा ई–सिगरेट र भेप पिएका व्यक्तिलाई हृदयाघातको जोखिम १९ प्रतिशतले बढी देखिने १ लाख ७० हजारभन्दा बढी संलग्न र ४५ महिनासम्म फलोअप गरिएको अमेरिकन अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष ८० लाख, जसमा प्रत्यक्ष सुर्तीजन्य पदार्थको प्रयोगका कारण ७० लाखभन्दा बढी र आफूले नगरे पनि अन्यले धूमपान गरेका कारण उत्पन्न धूवाँले करिब १३ लाखको मृत्यु हुने गर्छ । दैनिक ७३ अर्थात् वार्षिक २७ हजार जनाको मृत्यु गराउने मन्दविष सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउन हरेक मुलुकलाई विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको छ । जबकि नेपालमा आधाभन्दा कम ३३ प्रतिशत मात्र कर छ । श्रीलंकामा ७७, पाकिस्तानमा ६१, भारतमा ५८, बंगलादेशमा ७३ प्रतिशत कर तथा भुटानमा सुर्तीजन्य उद्योग नै छैनन् । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण राष्ट्रिय सञ्जालले गरेको अध्ययनमा करको दर ६५ प्रतिशतले बढ्दा मूल्य १८ प्रतिशतले बढ्ने, खपत १२ प्रतिशतले घट्ने र १७ अर्ब रुपैयाँसम्म थप राजस्व उठ्ने देखिएको छ । चीन, थाइल्यान्ड, फिलिपिन्स, ब्राजिल, फ्रान्समा शतप्रतिशत राजस्व बढ्दा ५० प्रतिशतसम्म उपभोक्ता घटेका छन् ।

स्वास्थ्य मन्त्रालयले १३ कात्तिक २०७१ मा निर्देशिका संशोधन गरेर कार्यान्वयनमा नआउँदै सुर्ती उद्योगीहरूले खारेजको माग गर्दे सर्वोच्चमा रिट दायर गरेका थिए । ४० पटकको पेसीपश्चात् रिट खारेज गर्दै परमादेश जारी भएको छ । नेपालमा वैशाखयता विद्युतीय चुरोट (ई–सिगरेट) निषेध गरिएको छ । यद्यपि, यसलाई व्यवहारतः लागू गराउन, सुर्तीमा कर बढाउन सबै सक्रिय हुन आवश्यक छ ।

– बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष हुन् ।

प्रकाशित : जेष्ठ १५, २०८१ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×