कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘रंगेली योजना र कामले चिनिएको छ, भ्यू टावरले होइन’

भुमा पराजुली

रंगेली विराटनगरदेखि २२ किलोमिटर पूर्वमा छ । हामी सबैलाई थाहा छ कि रंगेली मोरङको पुरानो सदरमुकाम हो । जो सदरमुकाम झापा, मोरङ र सुनसरीको मुकाम थियो ।

‘रंगेली योजना र कामले चिनिएको छ, भ्यू टावरले होइन’

त्यो सदरमुकाम विसं १९७६ मा सरेर विराटनगर आयो । यति औद्योगिक क्षेत्र थिए, हाम्रा बाउबाजेले भनेको सुनेको त्यहाँ औद्योगिक क्षेत्र व्यापार सरकारी कार्यालय थिए । ती सबै सरेर विराटनगर आए ।

सदरमुकाम विराटनगर आएपछि रंगेली बिस्तारै जीर्ण अवस्थामा पुग्यो । त्यहाँ कुनै सरकारी कार्यालय पनि भएन । गनिएको अस्पताल पनि जीर्ण अवस्थामा रह्यो । कुनै पनि कार्यालय नभएको अवस्थामा ०७४ सालको निर्वाचनमा जनप्रतिनिधि पनि नभईकन अहिलेको मेयर दिलीप अग्रवाल हुनुहुन्छ र व्यापार संघको नेतृत्वमा रंगेलीलाई पुरानै अवस्थामा फर्काउनुपर्छ भन्ने अभियान चलायौं । केही सरकारी कार्यालय ल्याउनुपर्छ भन्ने अभियानमा जोडिएर मालपोत कार्यालय, नापी शाखा ल्याउनुभयो । २०७४ सालको निर्वाचनपछि रंगेली चिनाउने समृद्ध रंगेली सुखी रंगेलीबासी हुनुपर्छ भनेर अभियानमा लाग्यौं । त्यतिखेर म जनप्रतिनिधि थिएन । त्यो अभियानमा जोडिए, जसको कारण अहिले रंगेलीमा प्रत्येक वडामा पहिले एम्बुलेन्स र दमकल छिर्ने अवस्था थिएन । आगलागी भयो भने दमकल छिर्ने अवस्था थिएन । एक घरमा आगो लाग्यो भने अरु दसौं घर नष्ट हुन्थे । कुनै घरमा बिरामी भयो भने एम्बुलेन्स छिर्ने अवस्था थिएन । बिरामीलाई घण्टौं बोकेर हुलाकी रोडमा ल्याउनुपथ्र्याे । अहिले त्यो अवस्था छैन । प्रत्येक वडाको घरघरमा एम्बुलेन्स र दमकल छिर्न सक्छ । प्रत्येक वडामा स्वास्थ्यचौकी छ । प्रत्येक वडामा वडा कार्यालय छ । हुलाकी मार्गअन्तर्गत रंगेलीमा ८ किमि ६ लेनको बाटो निर्माण भएको छ । सँगै छिमेकी धनपालनाथ गाउँपालिका हेर्नुस्, सुनवर्षीलाई हेर्नुस् । जहाँ इच्छा त्यहाँ उपाय, शक्ति हुन्छ ।

जादुको छडी जस्तो एकैपटक सबै कुरा त परिवर्तन हुँदैन । तर, रंगेलीको सवालमा शिक्षालाई हेर्ने हो भने उच्च शिक्षाका लागि इन्जिनियरिङसम्मका कलेज छन् । त्यहाँ पढेको मान्छेले नै नेपाल टप गर्नुभएको छ । चाहनाले कोही विराटनगर, काठमाडौं बसेर पढ्नुहुन्छ । त्यो उहाँहरूको कुरा हो । हिजो सानो बिरामी भइयो भने एम्बुलेन्स भाडामा लिएर विराटनगरसम्म आउनुपथ्र्यो भने अहिले रंगेलीमा अस्पताल छ । त्यहाँ हिजो १ जना डक्टर हुनुहुन्थ्यो भने आज ११ जना हुनुहुन्छ । शल्यक्रिया धेरै रोगको गरिन्छ । हर्निया, थाइराइड, प्रसूति सेवा दिइन्छ । डाइलाइसिस सेवा दिनका लागि मेसिन ल्याउने तयारी भइरहेको छ ।

हामी हतारमा छैनौं । रंगेली नगरपालिकाले आवश्यकताअनुसार योजना बनाएर काम गरिरहेको छ । अस्पताल पहिलो प्राथमिकता हो । भवन निर्माण गरेका छौं । यसअघि १५ शैयाको अस्पताल थियो अहिले ३० शैयाको छ । आगामी दिनमा ६४ शैयामा अस्पताल लगेर आईसीयू र एनआईसीयूको सुविधा भएको निर्माण गर्दैछौं ।

रंगेली सहर चिनाउन प्रत्येक वडामा जनताले स्वच्छ पानी पिउनुपर्छ भनेर खानेपानी ट्यांकी निर्माण गर्छौं । रंगेलीलाई चिनाउन सिमसारको योजना ल्याएका छौं । त्यसका लागि डीपीआर तयार गरेका छौं । सन्सरी माता र कालिस्थानले पनि चिनारी दिएको छ । यो हेर्नको लागि नेपाल र भारतका विभिन्न ठाउँबाट आउने गरेका छन् । शिक्षालाई पनि हामीले ध्यान दिनुपर्छ । शिक्षा नै रहेन भने केही पनि गर्न सकिँदैन । चेतनाको विकास हुनुपर्छ भनेर शिक्षाका पूर्वाधार सँगसँगै शिक्षकहरूलाई पनि सोचमा परिवर्तन गर्नुपर्छ । समयसापेक्ष कुराहरूको ज्ञान गराउन शिक्षकहरूलाई तालिमहरूको आयोजना गरेका छौं । यसअगाडि रंगेली छोडेर गएकाहरू फर्किए भने रंगेली चिन्नुहुन्न । हाम्रो सडकबत्ती विस्तार प्रत्येक वार्डमा छ । साँझ परेपछि हामी कुन सहरमा छौं भन्ने अनुभूति हुन्छ ।

०६२/६३ को आन्दोलताका बिस्थापित भएका मानिस अहिले फर्किन लागेका छन् । रंगेली सदरमुकाम उठेर बिस्थापित भएका व्यापारीहरू फर्किएर औद्योगिक क्षेत्रको खोजी गरिरहनुभएको छ । औद्योगिक जमिनको खोजी गरिरहनुभएको छ । डीपीआर गरिरहनुभएको छ । छोडेर गएकाहरू पनि फर्किएर घरबास गर्दै हुनुहुन्छ । रंगेलीलाई यसरी चिनिएको छ ।

रंगेली भ्यू टावरले चिनिएको छैन, काम र योजनाहरूले, जनतालाई दिएको सेवाहरूले चिनिएको छ । रंगेलीको सेरोफेरोमा रहेर कुरा गर्दा गर्दा किसानहरूलाई पनि सम्बोधन गरिएको छ, जहाँ किसानले उत्पादन गरेका वस्तुहरू, हिजो साग–तरकारी गाईवस्तुलाई खुवाउनुपथ्र्यो, कसैलाई बाँड्नुपथ्र्याे । कुनै फर्म थिएनन् । तर अहिले प्रत्येक वार्डमा फर्म निर्माण भएका छन् । गाईपालन गर्नुभएको छ । कुखुरापालन गर्नुभएको छ । सब्जी उत्पादन भइरहेको छ । त्यो सब्जी लिन घरमा ट्रक पुगिदिन्छ । हामीले रंगेलीलाई यसरी चिनाइरहेका छौं । रंगेलीमा सदरमुकाम फर्काउन नसके पनि र रंगेली चिनाउने अभियानमा लागेका छौं । यसमा सबै जनप्रतिनिधि एक्यबद्ध भएर लागेका छौं ।

- रंगेली नगरपालिकाकी उपप्रमुख पराजुलीले विराटनगरमा आयोजित ‘कान्तिपुर उज्यालो पूर्व’ कार्यक्रमको ‘बदलिँदा सहर’ सत्रमा व्यक्त गरेको विचारको सम्पादित अंश ।

प्रकाशित : आश्विन १६, २०७९ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?