हामीसँग डिजिटल अवधारणाको परिचय नै छैन

सुमना श्रेष्ठ

काठमाडौँ — अहिलेको महामारीले हाम्रो समाजको ऐना देखाइदिएको छ । हामी कहाँ चुकिरहेका छौं भनेर हेर्न यो एकदम सही समय हो । यो चुनौती पहिलोचाटि होइन । भूकम्पका बेला पनि यस्तै चुनौती आएको थियो । भूकम्पपछि ‘मेरो विद्यालयको भवन भूकम्प प्रतिरोधात्मक छ, भवनको संरचना बलियो छ’ भनेर ६ महिनासम्म विज्ञापन चल्यो, त्यसपछि हरायो । अब फेरि त्यसलाई बिर्सन नदिन र प्रणालीबद्ध अगाडि लैजानु महत्त्वपूर्ण छ ।

हामीसँग डिजिटल अवधारणाको परिचय नै छैन

दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरूका बारेमा हामीसँग तथ्यांक छैन । विदेशी विभागसँग एउटा तथ्यांक छ, राहदानी विभागसँग अर्को । केन्द्रीय तथ्यांक विभागसँग एउटा हुन्छ, स्वास्थ्य मन्त्रालयसँग अर्को भेटिन्छ ।

भूकम्पले धेरै कुरा गुमायौं । बिल्डिङ कोड अहिले पनि कसैले फलो गरिरहेको जस्तो लाग्दैन । अहिले कोरोना महामारीको रोकथाममा लकडाउन भइदियो । यसको असर हाम्रो जनजीवन, शिक्षालगायत सबै क्षेत्रमा परेको छ । अहिलेको अभावले हामीलाई राम्रो अवसर दिएको छ । बाटो त राम्रो छ तर त्यसमा हिँड्ने कि नहिँड्ने भन्ने प्रश्न छ । यो महामारीमा हामीले भरपूर टेक्नोलोजीको प्रयोग गर्न पनि सिक्यौं ।

अर्को कुरा, आइसोलेसन सेन्टर १० वटा बनाउनुपर्नेमा ९ वटा बनायौं । हामीले ९० प्रतिशत पायौं भने दोस्रो चरणमा आउँदा अर्काे एउटा बनाएर सकाउँछौं । त्यस खालको कम्युनिकेसन कहिले पनि भएको छैन । अहिलेसम्म सरकारको कम्युनिकेसन हेर्ने हो भने टर्म नै परिवर्तन गर्नुपर्ने हो कि ? त्यो कम्युनिकेसनको दायरा नै परिवर्तन हुनुपर्ने भएको छ । यसको दायरामा गएर यो गर्छु भनेर स्पष्ट भन्नुपर्‍यो । त्यो बनाउनलाई सरकारलाई तथ्यांक चाहिन्छ । तर त्यो नै छैन । हामी मास्क लगाऊ भन्छौं । राति ८ बजेपछि नजाऊ भन्छौं । यहाँ कुनै सञ्चार नै भएको छैन । यी कुरामा ‘किन’ भन्ने प्रश्नलाई मोटिभेट गर्दैनौं । यहाँनेर व्यवस्थापनको ठूलो खाडल छ ।

तपार्इंले सीसीएमसीको कार्यक्षेत्र धेरै स्वास्थ्य केन्द्रित छ । धेरै कुरामा तपाईं पनि जोडिनुभएको छ । समितिले निर्णय गर्ने अनि कार्यान्वयन गर्न विभिन्न क्षेत्रमा बोधार्थ गरेर मात्र पठाएर हुँदैन । यसमा मापनहरू छुटेको जस्तो लाग्छ ।

श्रम वा कर कार्यालय जाँदा ‘तपाईंको कागज मलाई दिनु तपाईंको काम म गरिदिन्छु’ भन्ने हो । डिजिटल कारोबारमा जाँदैमा भ्रष्टाचार कम हुने भन्ने होइन । डिजिटल टेन्डर गर्नुहोस्, यसमा कसै न कसैले हेरिरहेको हुन्छ । अहिले भ्याटहरू अनलाइनमार्फत तिर्न मिल्छ, यसले धेरै सजिलोसमेत भएको छ । जब भौतिक रूपमा काम गर्न तपाईं कार्यालयमा जानुहुन्छ, साझेदारी दर्ताका लागि मान्छे नै उपस्थित हुनुपर्छ । सीमित कुरामा अहिले पनि यस्तै छ, किनभने हामीसँग पूरै डिजिटल अवधारणाको परिचय छैन । यसमा अझ काम गर्न बाँकी छ । एक दिन साना तथा घरेलुको कार्यालयमा गएर बस्नुहोस्, कति जना मानिस ‘मलाई निवेदन लेख्न सहयोग गरिदिनुहोस्’ भनेर आउनुहुन्छ । साक्षर छैनन् । यसलाई कसरी सुधार गर्ने ? यसबारे हामीले सोचेकै छैनौं ।

डिजिटलभन्दा हामी जहिले पनि फेन्सी एप सोच्छौं । इन्टरनेट सोच्छौं । अहिले त धेरैजसोको हातमा मोबाइल छ । कालीमाटीमा तरकारीको भाउ कति छ यसबाटै भन्न सकिन्छ । डिजिटल भन्नेबित्तिकै अनलाइन भन्ने तर्क गलत हो । किनभने नेपालको यथार्थ बेग्लै छ । नेपालमा फेसबुक प्रयोगकर्ता ९३ लाख आसपासमा छन् । अहिले बढ्यो पनि होला । हाम्रो तथ्यांक हेरफेर भयो भने आवश्यक नीति बनाउनैपर्छ ।

(कान्तिपुर इकोनमिक समिट,२०२१ मा कोसी कोल्याब्रेटिभकी प्रबन्ध निर्देशक श्रेष्ठले राखेको धारणा)

प्रकाशित : भाद्र ३, २०७८ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?