१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

यदि म प्रधानमन्त्री भए...

राधा पौडेल

मोबाइलको सानो झ्यालबाट विश्व हेरिसकेपछि र सुनिसकेपछि सानो काठको झ्यालबाट काठमाडौं हेर्न मन लाग्छ । केही महिनाअघि मात्र अस्ट्रेलियामा लागेको आगोको मुस्लो जस्तो पेट हुँडल्दै घाँटीतिर आउँछ ।

यदि म प्रधानमन्त्री भए...

आँखा धमिला हुन्छन् । आँखा हातलेपुछ्न खोज्दा झसंग हुन्छु— कोरोना !झिमिकझिमिक गरेर आँखाको पर्दा सफा बनाउँछु । काठमाडौं हेर्न खोज्छु, कस्तोधमिलो देख्छु । पहिले घुइँघुइँ घुइँकिने गाडीको आवाज आउँदैन, घुँक्कघुँक्करोएको आवाज सुन्छु । बच्चा रोएको सुन्छु । ‘ओह नो ।’ केही पनि गर्न सक्दिनँ ।सोच्दै जाँदा झन्डै तीस वर्षपहिले आफूलाई सोधिएको ‘यदि तिमी प्रधानमन्त्री भएमा केगछ्र्यौ ?’ भन्ने प्रश्नमा अड्किन्छु । साँच्चै, म प्रधानमन्त्रीभएकी भए, विश्व–महामारी आफ्नै अगाडि आएर छमछम नाच्दा के गर्थें होला ?

ooo

हुन त म आफैं मृगौला प्रत्यारोपणपछि आराम गर्नुपर्ने अवस्थामा छु ।बेलाबेला मास्क लगाएर गरिने मन्त्रिपरिषद् बैठकमा पनि म नगए हुन्थ्यो भन्ने अनुरोधछ, तर मन कहाँ मान्छ र !मन्त्रीहरूलाई काम जिम्मा लगाएको छु; अनुगमन गरेको छु; जनताकागुनासा जान्ने, सुन्ने र समाधान गर्न तल्लीन छु । जनतालाई यस्तो विपत् परेका बेलाबालुवाटारमा यो सब बिर्सिएर बस्ने म कल्पना पनि गर्न सक्दिनँ । अहिलेसम्म अवस्थासन्तोषजनक र नियन्त्रणभित्रै छ ।

जनता जिम्मेवार छन् । लकडाउन अनुशासनपूर्वक पालना गरेका छन् । सरकारी, सामुदायिक, निजीतथा अन्य सञ्चार माध्यमले स्थानीय वा सांकेतिक भाषामा लकडाउनबारे प्रचारप्रसार रसूचना दिन थालेको चीनको वुहान सहरबाट विद्यार्थी ल्याएदेखि नै हो । कोरोना भाइरसकस्तो हो, कसरी सर्छ, के के गर्नुपर्छ, किनसबै व्यक्तिमाथि शंका गर्नुपर्छ भन्ने कुरा के बच्चा के वृद्ध, केगाउँ के सहर, के पढेका के नपढेका सबैले जानेका छन् । क्या बात जनता, धन्यवादछ ! मलाई कि न्युजिल्यान्ड कि क्यानाडाको जस्तै प्रधानमन्त्री बन्न मन छ ।जनताको प्रधानमन्त्री । मात्रै जनताको ।

यो अवस्था लम्बियो भने पटक्कै पीर नगर्नू । सरकारले दैनिक ज्यालादारीगरेर बाँच्ने समूहलाई आधारभूत खाना, बासका लागिविशेष व्यवस्था घोषणा गरेको छ । उद्योगधन्दा, कर, ब्याजआदि वित्तीयका विषय पनि सम्बोधन गरेको छ ।

तपाईंलाई ज्वरो आयो, सुक्खा खोकी लाग्यो भने पैसा नलाग्नेफोनबाट सरकारलाई सूचना दिए मात्र हुन्छ । हामीले झन्डै दुई महिनाभन्दा बढी समयपाएका थियौं, तसर्थ भाग्यमानी पनि छौं । चीनको सट्टा नेपालमा कोरोना भाइरसकोसुरुआत भएको भए हाम्रो के हुन्थ्यो ? आबुई, कल्पनापनि गर्न मन छैन ! पीपीई लगाएकाएम्बुलेन्स ड्राइभर र स्वास्थ्यकर्मी अनि कीटाणुमुक्त पारिएको एम्बुलेन्स तपाईंलाईखोज्दैखोज्दै आउँथे । तर, तपाईंले केही चिन्ता गर्नुपर्दैन; बिरामीसँगकोही जानु पनि पर्दैन । मेरा लागि सबै बिरामीलाई एकै खालको ‘प्रोटोकल’ प्रयोगहुन्छ । अस्पतालको आकस्मिक वा कोरोना स्क्रिनिङ कक्षबाट तीन किसिमका वार्डकोव्यवस्था गरिएको छ ।

अस्पतालमा नाक, घाँटीको स्वाब, रगत, एक्सरेआदि जाँचेर तालिमप्राप्त स्वास्थ्यकर्मीको

निगरानीमा राखिन्छ । रिपोर्ट पोजेटिभ भए–नभएको पुष्टिपछि, बिरामीकोअवस्थाअनुसार उपचार गर्ने वा घर पठाउने काम हुन्छ । बिरामीलाई केके हुँदै छ भनेरमोबाइल एपबाट हेर्न सकिन्छ । केही गरी भेन्टिलेटरमा राख्नुपर्ने भए पनि त्यसको राम्रोव्यवस्था छ । संघीयता ल्याएको यसै हैन नि ! प्रत्येकप्रदेशमा कम्तीमा २ हजार जना कोरोना पोजेटिभ भए पनि धान्न सक्ने व्यवस्था गरिएको छ। हामीले न कोलम्बस बन्नुपर्छ न लुइस पास्कल । अरू देशले मरिहत्ते गरेर पत्ता लगाउँछन्हामीले भने राम्रो व्यवस्थापन वा प्रयोग मात्रै गर्ने हो । त्यसैले केही पीर छैन ।गरिब देश, पैसो के गर्छ होला सरकारले भनी सोच्नुभएको छ भने त्यो पनि बिर्सिनुस्। हामीलाई आर्थिक सहयोग आइरहेको छ । अझै दस महिना आफ्नै खुट्टामा उभिन सक्नेअवस्थामा छौं । त्यसैले छिमेकीहरूले अनुरोध गर्दा पनि हामी हस् भनिरहेका छैनौं, आत्मविश्वाससाथभनिरहेका छौं— पर्खनू । प्रत्येक प्रदेशका २ हजार र काठमाडौंका ५ हजार कोरोनापोजेटिभ बिरामीलाई उपचार गर्न चाहिने सामग्री एक महिनाअघि नै विदेशबाट किनेका छौं।

विशेष कपडा सिलाएर पीपीई पनि आफैं तयार पार्नेछौं । पीपीई विश्व स्वास्थ्यसंगठनको मापदण्ड बमोजिमकै छ । केही गरी थप पीपीई आवश्यक भए सिलाउने कम्पनी तम्तयारछन् । अरू देशमा जस्तो रेनकोट वा बिस्कुटको प्लास्टिक लगाउने दिन गए । छिमेकीदेशमा कोरोना भाइरसका बिरामी बढ्नु र विश्व स्वास्थ्य संगठनले कोरानालाई महामारीघोषणा गर्नुअघि नै हाम्रो संयन्त्रले तयारी सुरु गरिसकेको थियो । कोरोना भाइरससँगलड्ने उच्चस्तरीय समितिका सदस्यहरू विज्ञता, अनुभव, लैंगिकसमानताका आधारमा छानिएका छन् । म भाइरस विज्ञान पढेको प्रधानमन्त्री त हैन, तरपढेका विज्ञहरूको सहयोग र स्वअनुसन्धानले कोरोना भाइरसको प्रकृतिको अनुमान गरीतयारी थालेका थियौं । हाम्रो हालत इटालीको जस्तो हुँदैन, न तअमेरिकाको जस्तो । सरकार मुलुक र जनताप्रति गम्भीर छ । यसकै लागि त मैले आजीवन खेरफालेको हुँ । अझ भनूँ, जेल, नेल, भोक, शोकसबै यसकै लागि सहेको हुँ । म तपाईंहरू र आफूप्रति बिलकुल खुसी र सन्तुष्ट छु ।

स्वास्थ्यकर्मीका परिवार कोही नआत्तिनुस् । केही गरी घरमा छुट्टैबस्ने व्यवस्था छैन भने सरकारले स्वास्थ्यकर्मीका लागि होटलहरू लिएको छ, स्वास्थ्यकर्मीलाईआराम पनि होस् र संक्रमण पनि नफैलियोस् भनेर । अनि खाना, भत्ता, बिमार पुरस्कारको विशेष व्यवस्था गरिएको छ । हरेक स्वास्थ्यकर्मी कोरोनाविरुद्ध लडाइँकोसिपाही भएकामा सरकार विश्वस्त छ । स्वास्थ्यकर्मी स्वस्थ रहे मात्र जनता स्वस्थरहन्छन् । सर्टिफिकेट वा लाइसेन्स भएका डाक्टर, नर्स र अरूस्वास्थ्यकर्मी हामीकहाँ जति पनि छन् । उनीहरूलाई अभिमुखीकरण गरेर ‘स्ट्यान्डबाई’राखिएको छ । भेन्टिलेटर पनि हामीले अनुमान गरेको संख्यामा छन् । केही गरी हाम्रोअनुमान मिलेन भने पायक पर्ने होटल र कलेजलाई अर्धतयारी अवस्थामा राखेका छौं ।

विदेशबाट आउनेलाई जाँच भएन भनेर जनता अतालिएको जानकारी पाएँ मैले ।कसरी सूचना गलत हुन पुगेछ, कुन्नि !इटाली, स्पेन, फ्रान्स, सिंगापुर, जापान, दक्षिणकोरियामा संक्रमण फैलिएपछि नै हामी सचेत थियौं । हामीले निर्देशिका बनायौं । उडेरर गुडेर आउने देशी– विदेशीलाई पत्ता लगाउने, अनुसन्धान वा जाँचगर्ने, क्वारेन्टाइन र आइसोलेसनमा राख्ने आदि सबै व्यवस्था गरिएको छ ।तपाईंहरू कसैले विदेशबाट आएका व्यक्ति आफ्नो छरछिमेकमा भए सरकारलाई सूचना दिनुहुनम अनुरोध गर्छु ।

कोरोना पोजेटिभलाई गालीगलौज गरेको पनि हामीले थाहा पाएका छौं ।कोरोना भाइरसबारे भ्रम सिर्जना गर्ने, बेतुकका भिडियोबनाउने, सामाजिक सञ्जाल तरंगित पार्ने र बिरामीको आत्मसम्मानमा चोट पुर्याउनेजोकोही पनि कानुनी दायरामा नगई सुखै छैन । कसैलाई कोरोना पोजेटिभको शंका छ भनेढुक्कसाथ पैसा नलाग्ने फोनबाट खबर गर्नुस् वा सोझै अस्पताल जानुहोला । कोरोनापोजेटिभ हुनु कुनै दोष वा अपराध हैन, तपार्इंकोसहयोगले तपाईं, तपाईंको परिवार र सिंगो देशलाई नै गुन लाग्नेछ । शंका लागेर आफैंअस्पताल आउने वा खबर गर्नेलाई सरकारले पुरस्कारको व्यवस्था गरेको छ । त्यति मात्रैहैन, विपत्का बेला कालाबजारी, भ्रष्टाचार गर्नखोज्ने जोकसैलाई पनि सरकारले छोड्दैन । भूकम्पमा जस्तो पाल तानातान हुन्छ कि भनेरतपाईंहरू डराउनु स्वाभाविक हो, तर म त्यस्तो भ्रष्टाचार हुन दिन्न“ ।यस्तै, ‘एसियामा कोरोनाको महामारी फैलँदैन, यो भयमेटाइदिनुपर्योविज्ञज्यू’ जस्ता कुरा सामाजिक सञ्जालमा लेखेर बस्ने मेरा कार्यकर्तालाई पार्टीलेकारबाही गर्दै छ ।

विशेष गरी गुडेर भारतको सिमानाबाट आउनेलाई आइपुग्नुअघि नै केकेगर्नुपर्छ भन्ने सूचना नेपालमा भएका आफन्तमार्फत पुर्याउने कोसिस भइरहेको छ । नाकानाकामाहेल्थ डेस्क छन् । एक–एक मिटरको दूरी राखेर जाँच गरिसकेपछि उनीहरूलाई परामर्श दिईखाना, बास, सुरक्षा र परिवारसँग सम्पर्क गर्ने व्यवस्था लगभग खरिपाटीमा झैंगरिएको छ । सरकारका लागि वैज्ञानिक होस् वा भरिया, सबै जनता उस्तैहुन् । संविधानमा सबैको अधिकार बराबरी छ ।

बसपार्कमा पनि सीमानाकाको जस्तै व्यवस्था गरिएको थियो, तपाईंहरूलाईजानकारी नै

छ । हरेक गाडी कीटाणुमुक्त बनाएपछि, धनगढी जानेगाडीका यात्रुलाई मास्क र सेनिटाइजर दियौं । हामीले भन्यौं— आत्तिन वा हतार गर्नपर्दैन, कुनैपनि अवस्थामा तपाईंको गाउँसम्म सुरक्षित लैजान्छौं । आफ्नो गाउँ जान चाहनेले फोन रअनलाइनमा नाम लेखाउनुभयो अनि हामीले आनन्दले पुर्याइदियौं । सरकार चाहिने भनेकै यस्तैदुःखका घडीमा त हो ! त्यसैले हामीआत्तिएका छैनौं, बरु होसियार भएर काम गर्नेकोसिस गरिरहेका छौं ।

सरकारले ढिलो गर्यो, यो गरेन, त्योगरेन भन्ने गुनासो पत्रपत्रिका र सामाजिक सञ्जालमा देखेको छु । कुनै बेला हामीढिलो भएकै हौं । जस्तो— लकडाउनका लागि । अहिले प्रतिपक्ष, जनतार हामी एकजुट भएर जाग्ने बेला हो; सचेत गराउने बेला हो; खुच्चिङगर्ने, हेरेर बस्ने, कहाँ दोष लगाउने भनी ताकेर बस्ने बेला होइन। हरेक पलको हामीले जुटेर र डटेर सामना गर्नुपर्नेछ । हामी इटाली हुने हैन, त्यहाँबाटसिक्ने हो । सरकारका मन्त्रीहरूले विशेष गरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मी कसैलाईगाली वा दोष लगाएका भए सरकारको नेतृत्व गरेको हैसियतले म माफी माग्दै आत्मबलनगुमाई यो विषाणुविरुद्धको युद्धमा लागिपर्न पुनः सबैलाई अपिल गर्न चाहन्छु । मैलेमात्र चाहेर केही गर्न सक्दिनँ ।

घर, अस्पताल सबै ठाउँमा विशेष गरी बच्चाबच्ची, किशोरी, गर्भवतीतथा सुत्केरी महिला, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति आदि जोखिममारहेका समूहलाई प्राथमिकता दिइनेछ । भूकम्पका बेला झैं थप खाना, स्याहार, महिनावारीसामग्री, नियमित खाने औषधि आदिमा ध्यान पुर्याउन स्मरण गराउँछु । एउटै घर वाकोठामा तीनदेखि पाँच जनाको परिवार चौबीसै घण्टा नियममा बस्नु सजिलो छैन । कसैलेकसैको चित्त दुखाउनु वा हिंसा गर्नु हुन्न र कसैले यस्तो गरे प्रहरीलाई उजुरीदिनुहुन पनि अनुरोध गर्छु ।

हामी कति समय लकडाउनमा जानुपर्छ, अहिल्यै किटानगर्न सकिने अवस्था छैन । त्यसैले मितव्ययी रहन पनि मेरो अनुरोध छ । सरकारले बजार, सपिङमल आदि सार्वजनिक स्थानलाई कीटाणुमुक्त गराउन औषधि छर्किरहेको छ । मजदुरी गरेरखानुपर्ने समुदायका लागि स्थानीय सरकारमार्फत दुई महिनाका लागि खाना, बासर भत्ताको व्यवस्था गरेका छौं ।

सरकार इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध छ र हरेकजनताबाट यस्तै अपेक्षा गर्छ । सरकारले कुनै पनि सूचना नलुकाईकन हरेक दिन दिउँसोचार बजे विद्युतीय प्रणालीबाट प्रधानमन्त्री कार्यालयको आधिकारिक पेजबाट चौबीसघण्टाको अपडेट गराउनेछ ।

विशेष गरी स्वास्थ्य र अर्थतन्त्रका क्षेत्रमा अल्पकालीन रदीर्घकालीन रूपमा गर्नुपर्ने काम धेरै छन् । अझै पनि केही गर्न पाए हुन्थ्यो भन्नेलागे मेरो सामाजिक सञ्जालको पेजमार्फत वा फोनबाट टिपाउन हिचकिचाउनुपर्दैन ।

प्रकाशित : चैत्र २२, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?