सबै मिलेर आत्महत्या रोकथाम गरौं   

सन्दर्भ: विश्व आत्महत्या रोकथाम दिवस
प्रा.डा. धनरत्न शाक्य  

आज सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस । ‘आत्महत्या रोकथामका लागि सबै मिलेर काम गरौं’ नाराका साथ आज यो दिवस मनाइदैछ । 

आफैंलाई हानीनोक्सानी गर्ने सोचविचार, आशय, आवेग, प्रयास र त्यसबाट ज्यान जाने अवस्था आफैंमा दुःखद र विष्मयपूर्ण छ। यद्यपि यो समस्या विश्वभरी नै व्याप्त छ। नेपाल आत्महत्याको समस्याको हिसाबले हेर्दा समस्याग्रस्त राष्ट्रमा पर्छ।

हिजोआज आत्महत्याका जैविक, मनोसामाजिक तत्वहरु हामीकहाँ बचावट गर्ने किसिमले भन्दापनि आत्महत्यातिर दोहर्‍याउने हिसाबले बढ्दै गएको पाइन्छ। यो समस्याले हामीलाई कुनै न कुनै रुपमा सताउन सक्छ। त्यसैले हामी यसबाट सचेत हुन जरुरी छ।

आत्महत्याको समस्या एउटा बहुआयामिक समस्या हो। यसमा सामाजिक, सांस्कृतिक, वातावरणीय, व्यक्तिगत, पारिवारीक, आर्थिक लगायत स्वास्थ्य, नैतिकता र आत्महत्या गर्न प्रयोग हुने साधनको सरल पहुाच र नियम कानूनको अवस्था आदिले पनि ठूलो भूमिका खेल्दछन्। जीवन र जगत्मा विद्यमान विसंगति, विखण्डन, प्रतिकूलता, समस्या, विश्रंखलता, अशिक्षा, अभाव जस्ता यावत् कुराहरु जसले मानसिक अवस्थामा विचलन र मनोरोग पैदा हुनजान्छ, तिनले आत्महत्या र आत्महानीको समस्या निम्तिन सक्छ।

एकातिर यी यावत् कुराहरुमा अनुकूलता ल्याउने कोसिस जरुरी हुन्छ भने साथमा यी प्रतिकूल परिस्थितिहरुसँग जुध्ने मन, स्वभाव र परस्परको साथ सहयोगलाई स्वस्थ र अनुकूल राख्न आवश्यक हुन्छ। तत्कालीक वा दीर्घकालीन तनाव, मनोरोग तथा नशालु पदार्थको सेवन र लत जस्ता कुराहरुले बचावटका तत्वहरुलाई कमजोर पारेर आत्महत्याको सम्भावनालाई प्रबल पार्ने गर्दछ।

अतःआत्महत्याको प्राथमिक रोकथाम स्वरुप हामीकहाँ हामीलाई लागू हुने आत्महत्याका बचावट र खतराजन्य दुवै खालका तत्वहरुको पहिचान गरेर सूचित हुन अत्यावश्यक भएको छ। आत्महत्यालाई बढावा दिने उदासिन मनोरोग डिप्रेसन सहित नशा सेवन र लत र अरु मानसिक रोगहरुको समयमै पहिचान र उपचार गर्न आवश्यक हुन्छ। जीवनका सुरुवाती चरण स्कूलदेखि नै तनाव बहनका कला, सिप र ज्ञान अनिवार्य रुपमा पाठ्यक्रममा नै समावेश गर्न जरुरी छ।

जाँड, चुरोट, रक्सी लगायतका अन्य नशालु पदार्थको सेवन र लतबारे सचेत, सतर्क र जागरुक हुनुका साथै यसदेखि टाढा रहन पनि उत्तिकै आवश्यक छ। मानसिक रोग र आत्महत्याबारे नकारात्मक र मिथ्या धारणा हटाएर वैज्ञानिक र सत्यतथ्यको प्रसार गर्न हतार भएको छ। परिवार, समाज, कार्यालय, मन्दिर सबै क्षेत्रमा विद्यमान विभेद, विसंगति, प्रतिकूलताहरु कम गर्न र अनुकूल वातावरण बनाउन सबै नै क्रियाशील रहन आवश्यक हुन्छ जुन विकसित र सभ्य देशहरुबाट हामीले सिक्नुपर्ने हुन्छ। एकांगी होइन, समग्र र सिंगो विकास र स्वास्थ्य आत्महत्याको प्राथमिक रोकथामसाग अन्योन्याश्रित रुपमा जोडिएर आउँछ।

केहि गरेर आत्महत्याका विचार आएमा वा प्रयास हुन पुगेमा अन्तरनिहित कारण मानसिक रोग, तनाव र अन्य मनोसामाजिक तत्वहरु केलाएर उपचार र व्यवस्थापन गर्नतिर सबै लाग्न आवश्यक हुन्छ। आत्महत्यालाई कानूनी अपराधको रुपमा हेरेर आवश्यक स्वास्थ्य सेवालाई निरुत्साहित गर्दा समस्या ज्यूँका त्यूँ रहने कुरा अब पनि नेपाली समाजले नबुझ्ने हो भने यो समस्या अरु बढी बिकराल बन्ने देखिन्छ।

साथमा, आत्महत्याको समस्याले पिडित व्यक्ति, परिवारजनलाई हेर्ने कुण्ठित दृष्टिकोणमा परिवर्तन गर्न पनि उत्तिकै जरुरी हुन्छ। मानसिक रोग विशेषज्ञको रुपमा मेरो डेढ दशक बढी लामो अवलोकनमा आत्महत्याको कुरै गर्न नचाहने, मैले आत्महत्याबारे लेखेको पुस्तक हेर्न पनि नचाहेको अभिव्यक्ति दिने कतिपय बुद्धिजीवी र स्वास्थ्यकर्मीहरु पछि आत्महत्याको प्रकरणले आक्लान्त भएको देखेको छु। त्यसैले, मेरो बुझाइमा सबैले मानसिक समस्या र आत्महत्याबारे सचेत र सजग रहनुको विकल्प छैन। हरेक वर्ष यो दिवसले यस विषयमा झक्झकाएजस्तै लाग्छ।

आत्महत्याको प्राथमिक रोकथाम, उपचार र आत्महत्या उपरान्त आफन्तजन र परिवारमा पर्ने असरको व्यवस्थापन जस्ता रोकथामका विविध तहहरुमा पिडित वा रोगी, परिवारजन, साथीभाई, सहकर्मी, चिकित्सक परिवार, समाज र सबैले आआफ्नो तर्फबाट वाञ्छित भूमिका निर्वाह गर्न आवश्यक हुन्छ। आत्महत्याको खतरासूचक लक्षण वा आत्मघाती व्यवहार देखिएमा ढिला नगरौं, सिघ्र आवश्यक कदम चाल्न जागरुक होऔं, पीडित व्यक्तिको समस्या सुनेर गम्भीरताबारे मनन गरौं। आफैं तत्पर भएर ऊप्रतिको आफ्नो सरोकार र आशय कुनै रुपमा व्यक्त हुन दिऔं अनि हेरविचार गरौं। यथासिघ्र विशेषज्ञको सेवा/उपचार लिऔँ। सम्बन्धित उपचारकर्ता, परामर्शदाता, मनोचिकित्सक वा नजिकको क्राइसिस इन्टरभेन्सन वा सुसाइड हटलाइनको सम्पर्कमा जाऔं।

आफ्नो ज्यान लिने वा आफूलाई हानीनोक्सानी पुर्‍्याउने सोचविचार, आशय, आवेग, हुत्हुती आउने वा प्रयास भएको व्यक्तिले पनि आफ्नो तर्फबाट यथाशक्य सकारात्मक भूमिका निभाउन आवश्यक हुन्छ। आत्महत्या गर्ने विचारले आफैंलाई सताएको बेलामा :

  • सघाउन सक्ने अनुभवी व्यक्तिहरुको सम्पर्कमा जाऔं। यस्ता व्यक्तिहरुको नाम र सम्पर्क नम्बरहरु सरल पहुँचमा राखौं।
  • मन शान्त पार्न गर्न सकिने कुराहरुको सूची तयार राखौं।
  • नशा वा लागूपदार्थको सेवन नगरौं।
  • आज एक दिन हेरौं, पर्खौं।
  • आफूलाई सघाउने र चाहने मानिसहरुलाई सम्झौं।
  • मनोरोग र आत्महत्याबारे सही जानकारी राखौं। आवश्यक उपचारमा जाऔं।

कसैले आत्महत्याको खतरासूचक लक्षणहरु देखाएमा परिवारजन, साथीभाई, सहककर्मी, नातेदार, छरछिमेक सबैले :
  • आत्महत्याको चेतावनीलाई बेवास्ता नगरौं।
  • उसको कुरा ध्यान दिएर सुनौं।
  • ऊसँग सीधा र स्पष्ट रुपमा उपयुक्त ढंगले कुरा गरौं।
  • उसको क्रियाकलापले आश्चर्य चकित भएको भाव जाहेर नगरौं। यसबारे सत्यतथ्य जानकारी राखेर मिथ्य हटाउन सहयोग गरौं।
  • उसलाई सघाउन परिवारजन र सम्बन्धित सबैको सहयोग जुटाऔं।
  • कसरी आत्महत्या गर्ने योजना गर्दैछ भन्ने बुझ्ने कोसिस गरौं।
  • आत्महत्या गर्ने बन्दूक, दबाइ, विष, चक्कू, डोरी, लागूपदार्थ, नशा जस्ता कुराहरु उसको पहुँचबाट हटाऔं।
  • बिरामीलाई आफ्नो समस्या समाधान गर्न र पछि रचनात्मक रहन सघाऔं।
  • आफ्नो व्यक्तिगत सुरक्षाको पहिले ख्याल गरौं।
  • आवश्यक उपचार र फलोअप् गर्न बिरामीलाई सघाऔं।

सबै विषयका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु अन्य लक्षणहरु सहित आफ्नो सम्पर्क वा सेवामा आएका मानिसहरुमा मानसिक रोग र आत्महत्याको खतरासुचक लक्षणहरु छन् कि भनी सतर्क रहन र यस्तो बेलामा के उपयुक्त उपाय गर्ने भनी सूचित रहन जरुरी हुन्छ।

आफ्ना विद्यार्थीहरुमा यस्ता खतरासूचक लक्षणहरुको ख्याल राखेर उचित कदम उठाउने दायित्व अब शिक्षकहरुले पनि उठाउने बेला आएको छ। पीडित मात्र होइन अब जानीनजानी कसैलाई तनाव दिने र अरु मानिस पीडित भएको साक्षी भएका मानिसहरुले पनि यो याद राखौं कि आफू कसैले आत्महत्या जस्तो दुःखान्त परिणति भोग्नमा जोडिन नपरोस् किनकि आज कसैलाई परेको कुरा भोलि आफैंलाई पनि पर्नसक्छ।

आत्महत्या वास्तवमा एउटा समाज कुन स्थितिमा छ भन्ने कुराको प्रबल मानक हो जुन मानव जीवन र समाजका विविध पक्षहरुबाट प्रभावित हुन्छ। उच्च आत्महत्याको समस्या भनेको समाजको अधोगति, विसंगति, अस्वस्थता र अव्यवस्थाको सतिक मानक मान्न सकिन्छ।

कार्यालय, समाज, राज्य, देश विभिन्न तहमा नेतृत्व दिने नेता, शासक, व्यवस्थापकहरुले यस विषयमा संवेदनशील भएर इमान्दार प्रयास गर्न आवश्यक भएको छ। बिरामी, परिवारजन, समाज, राज्य, चिकित्सक सम्बन्धित सबैको कोसिसमा मात्र यो गम्भीर समस्या कम गर्न सकिनेछ। यस वर्षको नाराले यसतर्फ मनन् गर्न पुनः आहृान गरेको छ।

लेखक वरिष्ठ स्नायु, दुर्व्यसन तथा मनोरोग विशेषज्ञ हुन्।

प्रकाशित : भाद्र २४, २०७६ १६:००
प्रतिक्रिया
पठाउनुहोस्

गाउँजस्ता नगरपालिका

प्रा.डा. धनरत्न शाक्य  

काठमाडौं — चनरमती रैदास नगरपालिकावासी भएको ४० वर्षभन्दा बढी भयो । कपिलवस्तु नगरपालिका–४, लौसाकी उनले जान्दैदेखि बर्खामा घरअगाडि घुँडाघुँडा साडी सारेर हिँड्नुपथ्र्यो, त्यो दिन अझै गएन । सानो झुपडीमा उनी र उनका पति भारत रैदासको जिन्दगी ढल्किँदै गयो ।


 
सन्तान नभएकाले बहिनीकी छोरी सुन्दरीलाई आफ्नै बनाएका छन्, उनका लागि पढ्न जान नजिकमा स्कुल छैन । ९ वर्षकी भइन्, अक्षरै चिनेकी छैनन् । कपिलवस्तु सदरमुकामकै यो नगरमा यस्ता धेरै बस्ती छन्, जहाँ भौतिक पूर्वाधार अति पिछडिएका ठाउँकै सरह छन् । ‘नगरवासीको अनुभूति भएकै छैन, कहिले हुने हो, त्यो पनि थाहा छैन,’ लौसाकै गोविन्दलाल पालले भने, ‘२० वर्षअघि जस्तो थियो, अझै त्यस्तै छ । अबचाहिँ बनिहाल्छ भन्ने के ग्यारेन्टी ?’ 

नेपाली बृहत् शब्दकोशले स®सफाइ, स्वास्थ्य, सडक, भवन, ढल, पानी आदिका व्यवस्था भएको भौगोलिक क्षेत्रलाई नगरपालिकाका रूपमा अथ्र्याएको छ । अन्यत्र नगरपालिका भन्नेबित्तिकै सहरी सभ्यताका न्यूनतम मापदण्ड पूरा गरिएका हुन्छन् । नेपालमा भने हचुवामा नगरपालिका घोषणा गर्ने, घोषणाको वर्षौंसम्म पनि सुधारतर्फ नलाग्ने प्रचलन छ । त्यसकै उदाहरण हो कपिलवस्तु । यस जिल्लाका १० स्थानीय तहमध्ये ६ वटा नगरपालिका छन् । 

मधेसका पिछडिएका जिल्लामध्ये पर्ने यहाँ कुनै पनि नगरपालिकामा नगर विकासको सुरसारै छैन । सदरमुकामको मूल बजार अत्यन्त सानो र अव्यवस्थित छ । सडक मोटरसाइकल मात्र छिर्ने खालका छन् । जताततै फोहोरै फोहोर छ । 

मानव विकास सूचकांकमा यो जिल्ला ७५ जिल्लामध्ये ५२ औं नम्बरमा पर्छ । हरेक हिसाबले केलाउँदा औसत नेपालीको अवस्थाभन्दा यो तल पर्छ । नेपालीको औसत प्रतिव्यक्ति आय १ हजार १ सय ६० अमेरिकी डलर छ । कपिलवस्तुलाई मात्र हेर्दा यो ९ सय ९० मात्र छ । औसत मानव विकास सूचकांक ०.४९० भएकामा यस जिल्लाको ०.४३२ छ । देशैभरिको औसत आयु ६८.८० वर्ष भएकामा यहाँको ६७.५६ वर्ष मात्र छ । अर्थात् पिछडिएका जिल्लाको पनि पिँधतिरै पर्छ यो ।

‘अशिक्षा र गरिबी चरम छ,’ स्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले भने, ‘केन्द्रीयस्तरमा नेतृत्वको पहुँच अभावका कारण यो जिल्ला विकासमा पछि परेको हो । विशेषगरी २०६२÷६३ को जनआन्दोलनपछि यहाँ विकासका पूर्वाधार बन्न थालेका छन् । तीव्रता र पर्याप्तता भने छैन ।’ नगरपालिकाका अधिकांश नाम बुद्धसँग सम्बन्धित छन् । यो बुद्धधर्मको पवित्रस्थलसमेत हो । त्यसलाई उपयोग गरेर पर्यटन प्रबद्र्धन गर्ने हो भने सिंगै जिल्लाको कायापलट हुन सक्छ । ‘पर्यटनका कार्यक्रम ल्याउने हो भने हरेक नगरपालिका समृद्ध हुनुका साथै जिल्लाकै कायापलट हुन्छ,’ उनले भने ।

सर्वसाधारणलाई थामथुम पार्न नगरपालिका घोषणा गरिदिने तर विकास नदिने केन्द्रीय नीतिको यो जिल्ला सिकार बनेको यहाँका बुद्धिजीवीहरूको मत छ । ‘दक्षिण क्षेत्रका कोर मधेसमा सरकारको ध्यान कम जाने हुँदा विकासले गति लिन सकेन, पहुँच पनि जिल्लासम्म पुग्न नसक्दा समस्या भयो,’ कपिलवस्तु बहुमुखी क्याम्पसका प्रमुख विष्णुदेव यादवले भने, ‘दक्षिणमा अशिक्षा र गरिबी चुलाचौकाकै समस्या छ । त्यसैले पिछडिएको मधेसमा विकासका छुट्टै नीति ल्याउनुपर्छ । तब मात्र समृद्ध मधेस हुन सक्छ ।’ 

सबै नगर गाउँजस्ता
एक अध्ययनअनुसार सदरमुकामको कपिलवस्तुकै ६० प्रतिशतभन्दा बढी भूभाग ग्रामीण छ । ती गाउँमा राम्रो बाटो छैनन् । वडा २ सडवाका कृष्णकुमार कोहारले भने, ‘दिनमा दुईपल्ट कपडा फेर्नुपर्ने हालत छ । वर्षामा हिलैहिलो हुन्छ, हिउँदमा धुलैधुलो ।’ पुरानो नगरपालिका भएर पनि कपिलवस्तु निकै पछि परेको कार्यकारी अधिकृत निरञ्जन श्रेष्ठले पनि स्वीकारे । ‘भौतिक पूर्वाधारको अभाव छ, गाउँ बढी रहेकाले पिछडिएको छ,’ उनले भने, ‘अब अधिकारसहितको नगरपालिकाबाट विकासको लहर आउन सक्छ ।’

शिवराज नगरपालिका–३ मैनारका राधेश्याम चौधरी वर्षामा २ वटा खोलामा ज्यानको बाजी लगाएर बजार आउँछन् । चन्द्रौटाबाट १२ किमि उत्तर पर्ने २ गाउँका बासिन्दाले वर्षको ३÷४ महिना यस्तै सास्ती खेप्नुपर्छ । ‘गाविस हुँदा त्यस्तै थियो, अहिले नगरपालिकामा परेपछि पनि उस्तै छ,’ उनले भने, ‘ठेगाना मात्र परिवर्तन भयो । नगरवासी त भयौं, घरबाट निस्कनै सास्ती छ ।’ शिवराज नगरपालिका जवाभारीका अतिउल्ला मुसलमानलाई गाउँ हुँदा बरु सजिलो थियो । 

‘अब सरकारी सेवा लिन ६ किमि पर नगरपालिका जानुपर्छ । पहिले गाउँमै सचिव बस्थे,’ उनले भने, ‘विकास छैन, दुःख मात्रै थप्न किन नगरपालिका बनाइरहनुपर्थ्यो  ?’ ११ वडा रहेको शिवराज नगरपालिकाका २, ३ र ५ ले मात्र वडा कार्यालयबाट सेवा दिइरहेका छन् । आठवटा वडाको नागरिक नगरपालिकामै पुग्नुपर्छ । नगरपालिकाको आफ्नो भवन छैन । चन्द्रौटामा भाडामा लिइएको छ ।

कृष्णनगर नगरपालिकाको बजार क्षेत्रको अवस्था अझै दयनीय छ । एउटा बसपार्कसम्म छैन । बाटोमा बस रोकिन्छ । काँकडभिट्टा र काठमाडौंसम्म दैनिक बस सेवा भने छ । दिल्ली र पञ्जाबका लागि पनि यहींबाट बस छुटछन् । बाटोघाटो गएगुज्रेको छ । कतिपय ठाउँमा बजारमै धुलौटे बाटो छ । धुलो उठेर हैरानी हुन्छ । सीमा क्षेत्रलाई नै भारतको राष्ट्रिय रेल नेटवर्कले छोएको छ, यताका बासिन्दा त्यसलाई हेरेर चित्त बुझाउँछन् । सरसफाइको राम्रो प्रबन्ध नहुँदा दुर्गन्ध बढेको छ । ढल र नाली व्यवस्थित नहुँदा पानी बाटोसम्मै आउँछ । खाल्टो ठाउँमा पानी जम्छ । 

बजारबाट बाहिर निस्कनासाथ पश्चिमतिरको लक्ष्मीनगर र चैपुरवा गाउँ पुग्ने बाटो दयनीय छ । ‘बजार हैन,’ चैपुरवाका साजिद अलीले भने, ‘गाउँमा हुने आधारभूत सेवा पनि हाम्रो नगरमा छैन ।’
महराजगन्ज नगरपालिका पनि उस्तै कमजोर छ । ९ गाविस मिलाएर बनेको नगरपालिका पुरानो गाविसको ३ कोठामा सञ्चालित छ । बाटोघाटोको अवस्था दयनीय छ । 

डुमरा–महराजगन्ज–हर्दौना पुग्ने कालोपत्रे बाटोबाहेक सबै कच्ची छन् । नगरपालिकाबाट सदरमुकाम पुग्ने मुख्य महराजगन्ज–बगर्दीघाट–तौलिहवा सडक अझैसम्म कालोपत्रे हुन सकेको छैन् । ओभरहेड ट्यांकी बनेको २५ वर्ष भए पनि अझै सञ्चालन हुन सकेको छैन । उत्तरी क्षेत्रमा पर्ने दुई नगरपालिकाको आवस्था भने सामान्य हेर्न लायक मात्र छ । वाणगंगा र बुद्धभूमि नगरपालिकाका कार्यालय अझैसम्म छैनन् । पूर्वाधारको हिसाबले यी पनि कमजोर नै छन् । मानवीय जीवनस्तर भने केही सुधारोन्मुख छ । 

‘अब केही गरौं’
बीस वर्षमा स्थानीय चुनाव हुँदैछ । लामो समय स्थानीय निकाय (अब तह) जनप्रतिनिधिविहीन हुँदा लठिभद्रको दोष कसलाई दिने, ठाउँ पनि छैन । कपिलवस्तु–२ बर्दहवाका गम्माप्रसाद रैदास भन्छन्, ‘बेलैमा चुनाव भएको भए सायद केही राम्रो भइसक्ने थियो होला ।’ त्यसैले यो अवसर प्रयोग गरेर काम गर्न सक्ने नेतृत्व छान्नुपर्ने सर्वसाधारणको धारणा छ । तराईमा मुस्लिम र दलितको अधिकांश टोलमा बाहुल्य छ । उनीहरूकै बस्ती पिछडिएका हालतमा छन् । ‘वरपर विकास भए पनि अधिकांश दलित टोल छुटाइएका छन्,’ लौसाकै दिनदयाल रैदासले भने, ‘छुवाछूत केही हटे पनि पहिलादेखिको भेदभाव अझै हटेको छैन । जसको आवाज पुर्‍याइदिने कोही हुँदैन, उसले केही पाउन सक्दैन । हाम्रो हालत त्यही हो ।’ 

उनको समर्थन गर्दै उद्दनप्रसाद रैदासले भने, ‘अब हामी पनि कुरा राख्नुपर्छ । भोट माग्न आउनेलाई र्‍याखर्‍याख्ती पार्नुपर्छ । विकास नदिनेलाई भोट दिनु हुँदैन ।’

प्रकाशित : असार १२, २०७४ ०७:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्