कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दलालसंग अमेरिका आउन चाहनेका नाममा

नवीन रायमाझी

काठमाडौँ — काठमाडौँको ठमेलमा रहेको र हिमाली जिल्लाको नाम भएको ट्राभल एजेन्सीबाट हाल दक्षिण अमेरिकी देश एल साल्भाडोर र होण्डुरसको नागरिकता बनाई दिने र त्यसपछि अमेरिका सजिलै जान सकिने भनेर दलालहरु परिचालन भएको र इच्छुक ब्यक्तिहरु उत्साहित भएर अमेरिका गएर कस्तो जीवनशैली अपनाउने हो भनेर आफुलाई मानसिक रुपमा तयार गर्ने क्रममा छन्, जो लगभग असम्भब छ ।

दलालसंग अमेरिका आउन चाहनेका नाममा

अमेरिका जाने उत्कठ इच्छा भएका, भनेको बेला लाखौँ रुपियाँ झिक्न सक्ने, अमेरिकामा सबैको जीवनशैली अँग्रेजी सिनेमाको कलाकारको जस्तो हुन्छ र आफु पुगेको दिनमै त्यस्तै हुन्छु भन्ने कल्पनामा बसेका, अँग्रेजी भाषामा लेखापढी गर्न नसक्ने तर सबै काम अरुले नै गरिदिए हुन्छ भन्ने आशा गर्नेहरु मानव तस्कर वा दलालहरुको पहिलो निशानामा पर्छन् । लामो समयदेखि अमेरिका लैजाने भनेर धेरैलाई विभिन्न प्रकारले ठगेर घरको न घाटको पार्दा पनि हाम्रो चेत खुलेको छैन । अझै पनि मान्छेहरु ठगीको शिकार भइरहेका छन् । हाल त्यस्तै मानव तस्करहरुले ठगीको नयाँ निशाना फालेको सुन्नमा आएकोले त्यस्ता ठगहरुको चिप्लो कुरामा फसेर धेरैले दुख नपाउन् भनेर यो लेख तयार पारेको छ ।


पंक्तिकारले बुझेको यो दुईवटा देशको बारेमा जानकारी दिन यो आलेख तयार पार्न खोजिएको हो ।


संगठित अपराधमा विश्वको एक नम्बरमा पर्ने एल साल्भाडोरको नागरिक हुँदैमा अमेरिका आउन पाइन्न, यदी त्यस्तो नियम हुन्थ्यो भने हालसम्म त्यो देश सुनसान भइसक्थ्यो । अमेरिकामै पनि स्पेनिस् भाषा बोल्ने र मैलो धैलो लुगा लगाएकाहरुलाई टाढैबाट एल साल्भाडोरको मान्छे भनेर चिन्ने गरिन्छ । यसको मतलब त्यो देश अति नै गरिब छ । अब एउटा नेपालीलाई लगेर त्यो देशको नागरिकता कसरी बनाउने हो ? त्यो पंक्तिकारलाई जानकारी भएन, तर यो देशमा नागरिक त के राष्ट्रपति र प्रधानमन्त्री हुने मौका पाइन्छ भने पनि आउनु बेकार छ ।


त्यस्तै होण्डुरसको अवस्था पनि उस्तै छ । चरम गरिबी, बेरोजगारी, राज्य संयन्त्र भन्दा शक्तिशाली आपराधिक समुहको अत्याचार जस्ता गतिबिधिबाट आजित भएका जनताहरुलाई त्यँहाको एउटा गैरसरकारी संस्थाले सामाजिक सञ्जालमार्फत अमेरिका जान आब्हान गरेको र करिब तीन हजार जनाको लश्कर होण्डुरसबाट ग्वाटेमाला हुँदै मेक्सिको र अमेरिकाको सिमानामा डेरा जमाएर बसेका छन् । मेक्सिको प्रहरीसँग धेरैपटक झडप भएपछि केहि ब्यक्ति आशा मारेर आफ्नो देश फर्केपनि करिब ८० प्रतिशत मान्छे अझै अमेरिका जान पाउने आशमा बसिरहेको समाचार पत्रपत्रिकाहरुले प्रकाशित गरेका छन् । समाचार अनुसार अमेरिकी सरकारले त्यो भीडलाई सेना परिचालन गरेर भए पनि तितरबितर पार्ने र कुनै हालतमा पनि अमेरिका भित्र छिर्न नदिने निर्णय गरेको छ, मेरो बिचारमा त्यो जायज नै हो । पंक्तिकारको सल्लाह मान्ने हो भने त्यसरी अमेरिका आउने भन्नु आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तै हो । यसबाट एक रत्ति पनि फाइदा हुने त कुरै छाडौं अनेकौं किसिमका बाधा ब्यबधान आउनुको साथै ज्यान पनि जान सक्छ ।


यस्ता ठगहरुको चिल्लो चाप्लो कुराबाट ठगिएर मर्माहत भएका मान्छेहरुको अनुहार बेला बेलामा पत्रपत्रिकामा देख्दा मलाई निकै दुख लाग्छ । आफैले जानीजानी असम्भव काम गर्ने र त्यसपछि सरकारले केहि गरेन भनेर भन्नु पनि त्यति बुद्धिमानी होइन । यस्ता दलालहरुलाई लाखौँ रुपियाँ बुझाएर अमेरिका जान्छु भनेर आँट गर्ने मान्छे हाम्रो देशको परिप्रेक्ष्यमा सम्पन्न र जान्ने बुझ्ने नै हुन्, यसर्थ यस्ता मानव तस्कर ठगहरुको कुरामा विश्वास गर्ने काम नगरौं । प्राय मैले आफुले जानेको कुरा आलेखमार्फत यस्ता ठगीको बारेमा सतर्क गराउन खोज्दा हामी अमेरिका पुग्छ भनेर डाहा गर्यो भन्ने आरोप पनि लाग्ने गरेको छ । यदी ठिक कुरामा डाहा गरेको ठहर्छ भने म त्यो गरिरहने छु ।


@twitter# naviinr

प्रकाशित : कार्तिक २८, २०७५ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?