कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मिटुलाई सलाम

कतिले #मिटुलाई शक्तिशालीको विरोधमा बोल्ने ‘साहस’ भनेका छन् भने कतिले यसलाई युगौंदेखिको सन्नाटा तोड्ने पाइला ।
विजया श्रेष्ठ केसी

काठमाडौँ — दुनियाँभर सामाजिक सञ्जालमा #मिटु आन्दोलनले चर्चा पाएको छ । #मिटु भन्ने अवस्था मेरो जिन्दगीमा नआओस् भन्दाभन्दै पनि यो आन्दोलन चर्कंदो छ  ।

मिटुलाई सलाम

नेपालमा पनि यसले प्रवेश पाएको छ ।

#मिटु यस्तो आन्दोलन हो, जसमा विशेष गरेर महिलाले महिला भएकै कारण आफूप्रति भएको दुव्र्यवहार, उत्पीडन, अत्याचार, शोषण, यौनहिंसा, बलात्कारबारे दुनियाँसामु मुख खोल्ने, विरोध जनाउने, उसको हर्कत चिनाउने अभियान हो । यो सामाजिक आन्दोलन भएकोले समाज यसको न्यायालय हो ।

३मिटु सामाजिक आवाज हो । कतिले यसलाई शक्तिशालीको विरोधमा बोल्ने ‘साहस’ भनेका छन् भने कतिले यसलाई युगौंदेखिको सन्नाटा तोड्ने पाइला ठानेका छन् ।

यो पुरुष विरोधी अभियान होइन । मानवता नभएको व्यक्ति विरोधी अभियान हो । किनभने यसले आफूप्रति कुदृष्टि राख्ने व्यक्तिप्रति आक्रोश पोख्छ । आफूप्रति कुनै अमूक व्यक्तिले विगतमा गरेको व्यवहार, विभेद र हेपाइबारे चर्चा उठाउँछ ।

अफ्रिकी मूलकी अमेरिकन अधिकारकर्मी ताराना बुर्केले सन् २००६ मा यौनशोषण विरुद्ध जनचेतना जगाउन यो अभियान सुरु गरेकी थिइन् । आफै बलात्कारमा परी पीडा भोगिरहेकी तारानाले विशेष गरेर यौन हिंसामा परेका काला जातिका युवतीहरूलाई– ‘तिमी एक्लो छैनौ, हामी तिम्रो साथमा छौं’ भन्ने नारा दिएर सशक्त बनाउने उद्देश्यले यो अभियान थालेकी हुन् ।

यो विषयले हलिउडमा प्रवेश पाएपछि बृहत रूपले आन्दोलनको रूप लिंँदै गयो । महिलाको यौनिकताको हिसाब माग्दै यो अभियान झांगिँदै गयो । हलिउडका ‘मै हुँ’ भन्ने हस्तीहरू यसको सिकार भएका उदाहरण छन् ।

बलिउड अभिनेत्री तनुश्रीले अभिनेता नाना पाटेकरसंँगको १० वर्ष पहिलेको घटनालाई #मिटुमार्फत उजागर गरेपछि भारतमा यो अभियानले ठूलो स्थान ओगेट्दै गएको छ । बलिउड, राजनीति, सञ्चार, आर्थिक क्षेत्र लगायत दर्जनांै शक्तिशालीहरू यो आन्दोलनमार्फत मुछिएका छन् । तिनको नाम र शानमा कलंक लाग्ने गरेको छ । तीमध्ये धेरैले कामबाट हात धुनुपरेको छ । कतिले दबाबमा राजीनामा दिएका छन् । कतिले आफ्नो व्यवहार स्वीकार्दै माफी मागेका छन् । कतिले कानुनी सफाइ खोजेका छन् । कति पश्चातापले जलेका छन् ।

टाइम म्यागजिनले #मिटु आन्दोलनलाई यो वर्षको व्यक्ति २०१८ (पर्सन अफ दि इअर) भनी छापेको छ । आन्दोलनलाई सन्नाटा तोड्ने आवाजको रूपमा अझ बढी मलजल मिलेको कुरा विश्लेषकहरू ठान्छन् ।

सदियौंदेखि महिला भएको नाताले महिलाले बेहोर्नुपरेको अपमान, तिरस्कार, हेपाइ पुरुषले बुझ्न सक्दैन । पुरुष भएकै नाताले ‘मैले जे बोले पनि हुन्छ, जे गरे पनि हुन्छ’ भन्ने अलिखित अधिकार जन्मजात पाएको ठन्छन् । यसको भरपुर प्रयोग पुरुषले जानेर वा नजानेर, चाहेर वा नचाहेर गरैकै छन्, यो सर्वविदित छ ।

महिला र पुरुष समानताका लागि पित्तृसत्तात्मक सोच र व्यवहारलाई नियन्त्रण गरी महिलालाई सशक्त बनाउन, सुरक्षा र न्याय दिलाउन विभिन्न राष्ट्रले विभिन्न उपाय अपनाउँदै आएका छन् र पनि चाहेजस्तो नतिजा आउनसकेको छैन । धेरैजसो महिलाले पाउनुपर्ने न्याय परिवार, राज्य, समाजबाट पाउनसकेका छैनन् ।

हिंसा, बलात्कार, अन्यायमा परेका महिलाका लागि दुइटा बाटा थिए : एक, बलात्कारमा पर्दा पनि चुपचाप सहने, उल्टै बलात्कारीको धम्की सहनुपर्ने डर र त्रासको जीवन बाँच्नुपर्ने, इज्जत जाने डरले बरु आत्महत्या नै गर्नुपर्ने स्थिति सिर्जना हुने । दुई, साहस गरेर कानुनी उपचार खोज्नु । मेलमिलाप, कुरा (इज्जत) बाहिर आउने, न्याय नपाउने, पाए पनि ढिलो, कागजमा मात्र पाइने, आफूमात्र नभई परिवार नै पीडामा पर्ने, समाज र परिवारले झन् तिरस्कार गर्ने, दण्डहीनताको सजाय पीडित महिलाले भोग्नुपर्ने स्थिति । दण्डहीनताको पराकाष्ठाको परिणाम #मिटु अभियान हो भन्ने धेरै छन् ।

छिमेकी मुलुक भारतमा सन् २०१२ मा भएको निर्भया बलात्कार काण्ड र नेपालमा तीन महिना पहिले भएको निर्मला पन्त बलात्कार काण्डको दण्डहीनताले यो ३मिटु अभियानलाई प्रशस्त मलजल मिलेको छ । राज्यप्रतिको घट्दो भरोसाको विकल्पका रूपमा यो अभियान बढ्ने अनुमान गरिँंदैछ ।

यो पुरुष विरोधी अभियान हुँदै होइन । बरु अपराधी प्रवृत्ति, मानवता विरुद्ध प्रवृत्ति देखाउने व्यवहार र दृष्टि विरोधी अभियान हो । जुन कुरा हिजोका दिनमा बोल्न सकिएको थिएन, त्यो आजको आवाज हो । यो महिला मात्रको आवाज होइन, विभेद र हिंसामा परेका पुरुषहरूको पनि आवाज हो । विस्तारै पुरुषहरू पनि #मिटुमार्फत खुल्न थालेका छन् ।

अझै #मिटु अभियानले कस्तो रूप धारण गर्ने हो भनी स्पष्ट तस्बिर आइसकेको छैन । अधिकारवादी महिला र पुरुषबीच आआफ्नो धारणा राख्ने बाहेक विस्तृत छलफल भएको त्यति चर्चामा आएको छैन । सरकार र समाजले ३मिटु अभियानको कसरी व्यवस्थापन गर्ने अन्योल छ । धेरै शक्तिशाली पुरुष आफ्नो नाम कतिबेला ३मिटुमा मुछिने हो भनी थर्कमान छन्, किनभने हिजोका दिनमा कहिले कसैले नसोचेको कुरा बिजुली चम्केझैं सेकेन्डमा विश्वभर फैलन्छ ।

जो महिलाले साहस गरेर प्रमाणविना अमूक व्यक्तिबारे बोल्छिन्, तिनलाई पनि त्रास अवश्य हुन्छ होला । समाज त्यही हो, रीतिरिवाज त्यही हो, जोखिम र खतरा हुन्छ होला । कुनै औपचारिकताविना आएका ससाना व्यवहार र घटनाले सामान्य रूपले चलिरहेको जिन्दगीलाई #मिटुले तहल्का मच्चाएकै छ, अझ बढ्नेछ ।

अभियानकर्ताका सबै दोषारोपण र भनाइ साँचो नहुन सक्छ । हिजो सहमतिले गरेको सम्झौतालाई आज दोषारोपणमा परिवर्तन गर्न पनि सक्लान् । जे होस्, ३मिटु नयाँ अभियान बनेर आएको छ, आउँदैछ ।

#मिटुले सकारात्मक र न्यायपूर्ण परिवर्तन ल्याओस् । शुभकामना ।

लेखक प्रदेश नं. ३ की प्रदेशसभा सदस्य हुन् ।

[email protected]

प्रकाशित : कार्तिक १५, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?