कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वाइफाइ राउटर कति सुरक्षित ?

धेरै जसोको युजरनेम ‘एडमिन’ हुन्छ र पासवर्ड कि त ‘पासवर्ड’ नै लेखिएको हुन्छ वा ‘१२३४’ । यदि यस्तो युजरनेम र पासवर्ड छ भने तपाईंको राउटर सधैं असुरक्षित हुन्छ ।

काठमाडौँ — हामीले नयाँ वाइफाइ राउटर किन्दा कहिले पनि शक्तिशाली नेटवर्क सुरक्षाबारे ध्यान दिँदैनौं । खासगरी घरमा जोड्ने राउटर भनेपछि हामी केवल त्यसको स्पिड र कभर गर्ने एरियाका बारेमात्रै ध्यान दिन्छौं ।
अब भने हामीले आफ्नो सोचमा परिवर्तन गर्ने बेला भएको छ ।

वाइफाइ राउटर कति सुरक्षित ?

नेटवर्क सुरक्षा शक्तिशाली हुन किन जरुरी छ भने त्यो नै हाम्रो इन्टरनेटमा प्रवेश गर्ने मुख्य द्वार हो । यदि सुरक्षा प्रणाली राम्रो नभएकै कारण राउटरमा नचाहिंँदो सफ्टवेयरले प्रवेश पायो भने हाम्रो मोबाइल फोन, कम्प्युटर, स्मार्ट वाच, टिभी लगायतका घरेलु उपकरणहरू त्यसबाट प्रभावित हुन सक्छन् ।

अहिलेको अवस्थामा साइबर थ्रेटबाट बच्नका लागि आफूले प्रयोग गर्ने नेटवर्क सुरक्षित हुन अत्यन्तै जरुरी भएको छ । गत महिना सिस्कोको थ्रेट सम्बन्धी अनुसन्धान गर्ने विभाग, टालोसले एफबीआईसँगको सहकार्यमा गरेको छानबिनमा सयौंको संख्यामा नेटगार, टीपी लिंक र लिंकसिसका वाइफाइ राउटरहरूमा ‘मालवेयर सफ्टवेयर’ (ह्याकरहरूले बनाएको सफ्टवेयर जसको सहयोगमा उनीहरूले हाम्रो मोबाइल, ल्यापटप लगायतको वस्तुमा अनधिकृत रूपमा प्रवेश गर्न सक्छन्) भेट्टायो । उक्त मालवेयरहरूको सम्बन्ध रसियनहरूसँग रहेको देखिएको थियो । यसै महिना टालोसले नै बताए अनुसार समस्या पूर्व प्राप्त सूचनाभन्दा पनि गम्भीर देखिएको छ । किनभने माथि उल्लेखित ब्रान्डका राउटरमात्र नभई असुस र डी लिंकका राउटरहरू पनि संक्रमित भएका छन् ।

यसको अर्थ के हो भने बजारमा नामी भनिएका सबै ब्रान्डका राउटरहरू निसाना बनाइएको छ । ‘भीपीएन फिल्टर’ नामक यो मालवेयरले हामीले प्रयोग गर्ने वेबसाइटबारे सम्पूर्ण जानकारी ह्याकहरूलाई दिन्छ । यसैको मद्दतबाट ह्याकरहरूले नक्कली बैंकिङ साइट कम्प्युटरको ब्राउजरमा खोलिदिन्छन् र हाम्रो पासवर्डसहित खाताको सम्पूर्ण विवरणहरू प्राप्त गर्छन् र एकाउन्ट रित्याइदिन्छन् । यसै प्रकारले इमेलको पनि पासवर्ड प्राप्त गरी हाम्रो सम्पूर्ण सूचना प्राप्त गर्न सक्छन् ।

नेटगार, डी लिंक र लिंकसिसले नयाँ सुरक्षा अपडेट ल्याई आफ्ना ग्राहकहरूलाई राउटरलाई अपडेट गर्न सुझाव दिएका छन् । यस्तै राउटरको युजरनेम र पासवर्ड पनि शक्तिशाली राख्न सुझाव दिएका छन् । टीपी लिंक र असुसले भने यसबारे कुनै पनि प्रतिक्रिया दिन मानेनन् ।

राउटरलाई सुरक्षित बनाउने सरल उपाय भनेको त्यसको समय समयमा ‘फ्रिमवेयर’ (उक्त राउटर चलाउनका लागि प्रयोग हुने सफ्टवेयर) लाई अपडेट गरिरहनु हो, त्यसरी नै जसरी हामी हाम्रो मोबाइललाई अप–टु–डेट राख्न अपडेटहरू गरिरहन्छौं । यद्यपि सन् २०१४ मा एक आईटी कम्पनीले गरेको सर्वेक्षण ३२ प्रतिशत अमेरिकीलाई मात्र आफ्नो राउटरहरूको फ्रिमवेयर अपडेट गर्न आउने देखिएको थियो ।

सयम–समयमा फ्रिमवेयर अपडेट गर्ने यहाँ राउटरको फ्रिमवेयर अपडेट कसरी गर्ने भनेर बताइएको छ ।

-सुरुमा त्यो राउटरको इन्स्ट्रक्सन म्यानुअल हेरेर त्यसको आईपी एड्रेस पत्ता लगाउने । त्यो आईपी एड्रेसलाई इन्टरनेट ब्राउजरको वेबसाइट खोल्ने स्थानमा लेख्ने । यसरी हामी राउटरको वेब ड्यासबोर्डमा पुग्छौं ।

-उक्त ड्यासबोर्डमा युजरनेम र पासवर्ड राखेर खोल्ने । त्यहाँबाट भित्र प्रवेश गरिसकेपछि फ्रिमवेयर सेटिङ्समा जाने र नयाँ फ्रिमवेयरको खोजीका लागि भनेर राखिएको बटनलाई क्लिक गर्ने ।

- यदि उक्त राउटर बनाउने कम्पनीले नयाँ अपडेट दिएको छ भने त्यसलाई सेलेक्ट गर्ने र राउटरलाई रि–स्टार्ट गर्ने । यही प्रक्रियालाई हरेक ३ देखि ६ महिनामा पुन: दोहोर्‍याउने ।

-राउटरको युजरनेम र पासवर्ड नौलो प्रकारको राख्ने ।

जब हामी माथि उल्लेखित विधिबाट राउटरको ड्यासबोर्डमा राउटरको युजरनेम र पासवर्ड हाल्ने स्थानमा पुग्छौं, धेरै जसोको युजरनेम ‘एडमिन’ हुन्छ र पासवर्ड कित ‘पासवर्ड’ नै लेखिएको हुन्छ वा ‘१२३४’ । यदि यस्तो युजरनेम र पासवर्ड छ भने तपाईंको राउटर सधैं असुरक्षित हुन्छ ।

किनभने यस्तो युजरनेम र पासवर्ड भएका राउटरको कभरेज एरियामा पर्ने जोकोहीले पनि सजिलै त्यसमा प्रवेश गरेर सेटिङ्सहरू परिवर्तन गरिदिन सक्छ र त्यसलाई अन्यत्रबाट पनि नियन्त्रण गर्न सजिलो हुने बनाइदिन सक्छ ।

-आफ्नो राउटरलाई केही वर्षको अन्तरालमा परिवर्तन गर्ने ।
राउटरले राम्रोसँग काम गरिरहे पनि त्यसलाई केही वर्षको अन्तरालमा परिवर्तन गर्नु राम्रो र सुरक्षित हुन्छ । कम्पनीले समय–समयमा निकाल्ने अपडेटहरू सबै राउटरका लागि हुन्छन् भन्ने केही जरुरी छैन । केही समय पहिलाका राउटरहरूका लागि उत्पादकहरूले अपडेटहरू नबनाउने हुँदा समय–समयमा राउटर फेर्नु बुद्धिमतापूर्ण हुन्छ ।

राउटर फेर्ने बेला भयो कि भएन भनेर थाह पाउन उक्त राउटर कम्पनीको वेबसाइटमा गएर हेर्न सकिन्छ । यदि कम्पनीले गएको वर्षदेखि नै फ्रिमवेयर अपडेट प्रदान गरेको छैन भने उक्त मोडलको राउटर कम्पनीले बनाउन बन्द गर्‍यो भन्ने बुझिन्छ । अब त्यस राउटरलाई परिवर्तन गर्नु नै सुरक्षित हुन्छ ।

हामी यो अवस्था आइपुग्नुको प्रमुख कारण भनेको सुरुमा उत्पादकहरूले राउटर बनाउँदा नै उनीहरूले ‘ओपन सोर्स सफ्टवेयर’ प्रयोग गरे, जसले गर्दा उनीहरूको उत्पादन लागतमा कमी आयो । तर उनीहरूले त्यसको दीर्घकालीन प्रभावलाई भने ख्याल गर्न सकेनन् । त्यसैले सबैभन्दा सजिलो भनेको यदि अब तपाईंको राउटर परिवर्तन गर्ने बेला भएको छ भने स्मार्ट राउटर प्रयोग गर्नुस् । त्यसले आफूले आफैंलाई अपडेट गरिरहन्छ र प्रयोग गर्न पनि अन्यको तुलनामा निकै सहज हुन्छ ।

ब्रायन एक्स चेन
द न्युयोर्क टाइम्सबाट अनुदित

प्रकाशित : असार ९, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?