१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

शिव पोखरेल

शिव पोखरेलका लेखहरु :

टीका लगाउने साइत ११:५१ कि १२:१९ बजे उपयुक्त ? 

संसारमा सामाजिक, धार्मिक वा राजनीतिक कुनै पनि कार्य समय हेरेर नै गरिन्छ । उपयुक्त समयमा नै कुनै कार्यको आरम्भ गर्नाले त्यसमा सम्पन्नता र सफलता, अन्यथा विपरीत फल हुन्छ । यसकारण पहिले पहिलेका किसानहरूलाई विभिन्न कृषि उत्पादनका लागि विभिन्न समयहरूको ज्ञानको अपेक्षा रहन्थ्यो - यसैकारण उनीहरू ज्यौतिषिहरूसँग सोध्ने गर्दथे कि सूर्यले आर्द्रा नक्षत्रमा प्रवेश कहिले गर्छ , मघामा  प्रवेश कहिले गर्छ ? इत्यादि ।