नरेश कुसी

नरेश कुसीका लेखहरु :

पर्वतको 'प्रेत'

सन् २०१३– अक्टोबर, सोलुखुम्बुबिहानको पारिलो घाममा फोर्चे गाउँको फापरबारीतिर यत्रतत्र चरिरहेका डाँफे हेर्दै मग्न थिएँ । गाउँबाट अलि परको गोठतिर देखाउँदै एक जनाले भने, ‘यतातिर हिउँचितुवा बिरलै भेटिन्छ । धेरैपछि हिजो बिहान ऊ त्यो भीरसँगैको गोठ नजिकै गोठालाले एउटा माउ हिउँचितुवा र त्यसका डमरु देखेको भन्थे !’