सुजन गोपाली

सुजन गोपालीका लेखहरु :

मूर्तिमै चार पुस्ता

प्रथम विश्वयुद्धमा बेलायत विजयी भयो । तत्कालीन राणा सरकारले लडाइँमा सैनिक पठाएर सघाएकाले नेपाललाई ‘पोस्ट वार रिकन्स्ट्रक्सन फन्ड’ पठायो । उक्त फन्डबाट बन्यो काठमाडौंको महांकालको त्रिचन्द्र सैनिक अस्पताल । विसं १९८२ मा निर्मित यो सैनिक अस्पताललाई चिनाउने सेनाका सिपाहीको विशेष प्रकारको एउटा सालिक छ, जसलाई हेर्ने जोकोहीले यो फलानो अस्पताल भनेर खुट्याउन थालेको नौ दशकभन्दा बढी भइसक्यो ।

पहिले यता हेर महानगर

काठमाडौं महानगरले फुटपाथमा व्यापार गर्नेलाई निषेधको नीति लिएको छ । त्यही नीति कार्यान्वयन गर्न नगर प्रहरीको एउटा टुकडीले फुटपाथमा व्यापार गर्नेलाई हटाउँछ । यस क्रममा शुक्रबार बालुवाटारमा सडकछेउमा मकै पोलेर बेचिरहेका एक दम्पतीको ठेलागाडा नियन्त्रणमा लियो । र, उनीहरुमाथि सामान्य मानवीय व्यवहारसमेत गरिएन ।