सत्यभामा माथेमा

सत्यभामा माथेमाका लेखहरु :

अनागरिक ‘पारिजात’ हरू

केही वर्ष, केही महिना, केही दिन, केही पलअघिका सम्झना । आफैंले बाँचेका, भोगेका समयका स्मृति । बिर्सन खोज्दा पनि बिर्सन नसकेका ती सम्झनाले खुब पोल्छन् यो मन । सम्झनाहरू सलबलाउँछन् र रन्थनिन्छ मस्तिष्क । आठ दशक बेहोरेको मेरो ज्यानसँग जोडिएका छन् नागरिकताका अनेक सवाल । मनमा घरीघरी प्रश्न उठिरहन्छ : मेरी मित्र पारिजात कुन देशकी नागरिक हुन् ? साहित्यकार पारिजातलाई अनागरिक बनाउनेहरू को–को हुन् ? यस्ता प्रश्नले आलै रहेको आफ्नै घाउका पाप्रा उप्किन थाल्छन् । यो देश, यहाँको राज्य, प्रशासन देखेर टीठ लाग्छ : किन एक प्रख्यात लेखक यहाँ मर्नुपर्छ अनागरिक भएर ?

किन महिलाकै मात्र थर परिवर्तन ?

थरका कुरा एक किशारीको घटनाबाट विषय प्रवेश गर्छु । लेखक पारिजातको नेतृत्वमा कारागारका बन्दीहरूको मानव अधिकार सुरक्षार्थ बन्दी सहायता नियोग भन्ने एक गैरसरकारी संस्था स्थापना गरियो । संस्थाको सदस्य र कानुनी सल्लाहकारको हैसियतले जेलरको अनुमति लिएर म काठमाण्डु सदर कारागारको महिला विभागको अवस्था बुझ्न गएकी थिएँ ।

जम्काभेट शवहरूसँग

यहाँ लेखिएका यी कथा मनगढन्ते होइनन्, बेहोरेकै व्यथा हुन् । न्यायाधीश पदबाट सरकारी अधिवक्तामा सरुवा हुँदा भएका लासहरूसँगका जम्काभेटको नालीबेली हो यो । म कानुनमा हदै अडिग भइदिँदा सर्वोच्च अदालतका प्रधानन्यायाधीशसमेत चिढिए । सजायस्वरूप म जिल्ला न्यायाधीशको पदबाट अञ्चल सरकारी अधिवक्तामा सरुवा गरिएँ । २०३०–३२ सालतिर अपराध भएका घटनास्थलमा प्रहरीसँगै सरकारी अधिवक्ता पनि जानु अनिवार्य थियो । त्यसै क्रममा आत्महत्या वा हत्याको स्थलगत लास मुचुल्का गर्दा धेरै लाससँग साक्षात्कार गरेकी छु ।