सञ्जीव बगाले

सञ्जीव बगालेका लेखहरु :

प्यारासुट रिपोर्टिङ अनुभव : डोल्पाबासीको खुशी

सुर्खेतमा इन्धन हालेर डोल्पा उड्ने क्रममा हेलिकप्टरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग छोटो कुराकानी गर्ने मौका मिल्यो । हेलिकप्टरबाट कर्णालीका डरलाग्दा भिर हेर्दै जाँदा उनले भने, यो ठाउमा जंगल बनाएर शिकार क्षेत्र बनाउनुपर्छ अनि बल्ल यो क्षेत्रको विकास हुन्छ ।

बेहाल तीनकुने 

तीनकुने चोकबाट सिनामंगलतर्फ जाने सडकको दुईवटा पोलको बीचमा एउटा होडिङबोर्ड अलपत्र अवस्थामा छ । त्यो बोर्डमा तीनकुने चौर क्षेत्रमा निर्माण सामग्री राख्ने, ड्राइभिङ सिकाउने तथा फोहोर फयाँक्नेजस्ता कार्य गरेमा दण्ड जरिवाना हुने सूचना लेखिएको छ ।

मेरी दिदीको मी–टु जीवन

अहिले चर्चामा छ— मी–टु । कुनै महिलाको इच्छाविरुद्ध भएको र गरिएको आजको वा हिजोको शारीरिक वा मानसिक यातनामा जोडिएको छ— मी–टु । तर, केही रुपैयाँ पैसा अथवा एउटा सुनको सिक्री दाइजोमा नलगेकै कारण जीवनमा नसोचेको बुहार्तन बेहोरेकी मेरी साख्ये दिदीको कथा–व्यथा ‘मी–टु’ हो कि होइन (?), म घोत्लिरहेको छु ।

व्यवसायी सेना, व्यापारी सेनापति

सही अर्थमा हेर्ने हो भने यतिबेला नेपाली सेनाको ध्यान व्यावसायिक बन्नेतिर भन्दा पनि व्यापारिक बन्नेतर्फ गइरहेको छ । यसअघिका प्रधानसेनापति राजेन्द्र क्षत्रीले सेनालाई व्यावसायिक बनाउनेतर्फभन्दा पनि व्यापारिक बनाउने बाटोतर्फ लगेका थिए ।