शाश्वत सत्य हो– मृत्यु । तर, कसैलाई गुमाउनुपरेको अवस्थामा यसको बोध गर्नु र स्वीकार गर्नु नितान्त गाह्रो विषय हो । विगत केही वर्षदेखि शारीरिक अस्वस्थताका बावजुद ग्रेटा राणाको अधिकांश समय लेखन/पठनमै बितेको थियो । उनको सक्रियता हेर्दा यति छिट्टै उनलाई गुमाउनपर्ला भन्ने कल्पनासमेत कहिल्यै गरिनँ । उनलाई ब्रेन ट्युमर भएको थियो । र, केही समयदेखि उनी मस्तिष्कमा पानी जम्ने समस्याबाट पीडित थिइन् ।