रेखा शर्मा

रेखा शर्माका लेखहरु :

साइबर सुरक्षामा लगानी केन्द्रित गर्न जरूरत 

सूचना तथा सञ्चार प्रविधिको तीब्र विकाससँगै यसको प्रयोग आम जीवनशैली र मानव जीवनको आधारभूत आवश्यकता बन्न पुगेको छ । सूचना तथा सञ्चार प्रविधिले एकातर्फ मानव जीवनका दैनिक क्रियाकलापदेखि सार्वजनिक सेवा प्रवाहलाई सजिलो बनाउँदै लगेको छ भने अर्कोतिर यसको प्रयोगमा चुनौतीहरु पनि थपिँदै गएका छन् । विश्वब्यापीरुपमा हृयाकिङ, फिसिङ, मालवेयर वितरण र कम्युटर प्रणालीहरुमा अनाधिकृत पहुँचजस्ता समस्या बढ्दै गएका छन् ।