१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रमेश रञ्‍जन

रमेश रञ्‍जनका लेखहरु :

अर्थ बांगिनुको पीडा भोग्दै ‘नौटङ्की’

अरूलाई झूटा, फरेबी, असत्य बोल्ने, सत्यलाई प्रकट हुन नदिने, बेइमान आदि नकारात्मक टिप्पणी गर्दा नौटङ्की शब्दको प्रयोग हुने गरेको छ । सामाजिक, राजनीतिक क्षेत्रका टिप्पणीकर्ताका लागि नौटङ्की आदर्श र प्रिय शब्द बनेको छ । ‘के नौटङ्की गरेको ?’ ‘यस्तै नौटङ्की गर्ने हो ?’ ‘नौटङ्की गर्न जानेकै हो’ । ‘जनतासँग मतलब छैन, नौटङ्की गरेको छ ।’ ‘काम गर्दैन, नौटङ्की मात्रै गर्छ ।’ ‘नौटङ्की नगर न ।’ 

रङ्‍गमञ्‍चको गतिलाई अभेद्य बनाउने प्रयत्न 

अहिलेको समयलाई यो ग्रह रहेसम्म याद गरिनेछ । यसै ग्रहमा आकाशे उल्कापातका कारण डाइनासोर नष्ट भएको पुष्ट आधारहरु भेटिएका छन् । अनेकौं विनाशकारी युद्ध र महामारी मानव समुदायले भोग्दै आफ्नो अस्तित्व जोगाइराखेका छन् ।

बहुरूपिया कलाको आयाम र अवस्था

म पाँच वर्षको नहुँदै पहिलोपटक बहुरूपिया हेर्न पाएको झिनो सम्झना छ । बाल्यावस्थामा कहिलेकाहीँ बुवाआमासँग गाउँबाट जनकपुर गइन्थ्यो । त्यतिबेला त्यहाँ हेरेको बहुरूपियालाई बिर्सेको छैन । मलाई डर लागेको थियो । रूप, त्यसको रंग, परिधान र शृंगार भयावह र अनौठो थियो ।