हामी १७ जना साथीहरू दक्षिण इजरायलको सेदोत नेगेभको किवुज अलुमिनको बासस्थानमा सुतिरहेका थियौँ । शनिबार बिदा थियो‚ ड्युटी थिएन । बिदाको दिन खासै चहलपहल हुँदैन । हामी तलबको प्रतिक्षामा थियौँ । साथमा पैसा पनि थिएन । बाहिर हिँडडुल गर्ने योजनामा पनि थिएनौं । बिहान ६ बजेसम्म उठेका थिएनौं ।